पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई गए राति विश्राम गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर बरामद गरेको उनले जानकारी दिए।
डीएसपी थापाका अनुसार गेस्ट हाउसबाट ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
