• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेकपाको जागरण अभियानका लागि नेताहरूलाई जिम्मेवारी, मतदाता क्षेत्रदेखि जिल्लासम्म परिचालन

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
नेकपाको राष्ट्रिय जागरण अभियान : नेतादेखि कार्यकर्तासम्म जिम्मेवारी बाँडफाँट
0
SHARES
1
VIEWS

नेकपाको जागरण अभियानका लागि नेताहरूलाई जिम्मेवारी, मतदाता क्षेत्रदेखि जिल्लासम्म परिचालन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टीले अभियानमार्फत संगठन विस्तार, पार्टी संरचनाको सुदृढीकरण र महाधिवेशनको तयारीलाई समेत अघि बढाउने लक्ष्य लिएको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको सुरुवात गरेका हुन्। अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानलाई प्रभावकारी बनाउन नेकपाले केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको जिम्मेवारी तोकेको छ। संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेताहरूको कार्यविभाजनसहितको सर्कुलर जारी गरेका छन्।

सर्कुलरअनुसार केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूलाई विभिन्न प्रदेश र जिल्लासँग समन्वय गर्ने जिम्मेवारी दिइनेछ। उनीहरूले सम्बन्धित प्रदेशका पार्टी समितिसँग सम्पर्क र समन्वय गर्दै अभियानको अनुगमन, मार्गदर्शन तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्नेछ।

मतदाता क्षेत्र र निर्वाचन क्षेत्रअनुसार परिचालन

पार्टीले केन्द्रीय सदस्यदेखि स्थानीय तहका नेता तथा कार्यकर्तासम्मलाई आफूहरूको मतदाता नामावली रहेको क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ। गत निर्वाचनमा उम्मेदवार बनेका नेताहरूलाई भने आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा खटाउने व्यवस्था गरिएको छ।

प्रादेशिक जिम्मेवारी नतोकिएका केन्द्रीय सदस्यहरूलाई पनि उनीहरूको मतदाता नामावली रहेको प्रदेशअन्तर्गत अभियानमा सहभागी गराइनेछ। केन्द्रीय सदस्यहरूले पालिका तथा वडा तहमा सञ्चालन हुने अभियान टोलीको नेतृत्व गर्ने सर्कुलरमा उल्लेख छ।

त्यस्तै, विभाग, मोर्चा तथा जनवर्गीय संगठनमा जिम्मेवारी सम्हालिरहेका नेताहरूलाई समेत आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालन गरिनेछ।

प्रदेश समितिलाई समन्वय र नेतृत्वको जिम्मा

अभियानका क्रममा प्रदेश समितिहरूले आफ्नो क्षेत्रअन्तर्गतका केन्द्रीय सदस्यसँग समन्वय गरी संगठन विस्तार, वैचारिक गतिविधि र जनपरिचालनका कार्यक्रमलाई अघि बढाउनुपर्नेछ।

प्रदेशगत जिम्मेवारी तोक्न बाँकी रहेका केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र पनि अभियानकै क्रममा निर्धारण गरिने पार्टीको सर्कुलरमा उल्लेख छ। प्रादेशिक जिम्मेवारीमा नरहेका केन्द्रीय संयोजन समितिका सदस्यहरूलाई पनि अभियान अवधिभर विभिन्न प्रदेशमा खटाइनेछ।

प्रवासमा रहेका प्रदेशअन्तर्गतका नेताहरूलाई उनीहरू कार्यरत देशमै अभियानमा सहभागी गराउने गरी सम्बन्धित प्रदेशले जिम्मेवारी बाँडफाँट गर्ने व्यवस्था गरिएको छ।

नेकपाले यस अभियानमार्फत पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने, नेता–कार्यकर्तालाई जनतासँग जोड्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित गर्ने लक्ष्य लिएको छ।

 

Previous Post

इजरायल र अमेरिकाको निर्वाचनले विश्व राजनीतिमा पार्न सक्छ दूरगामी प्रभाव

Next Post

भक्तपुरको कौशलटारमा गुडिरहेको बसबाट एक्कासि धुवाँ निस्कियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav