टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इङ्ल्यान्डका क्रिकेटर डेविड मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाउन सक्यो। मलानले ७० रन बनाए। रवि बोपराले ३२ र डन मोस्लेले २९ रन बनाए।
विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसेल महँगो साबित भए। उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए।
