• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता
0
SHARES
0
VIEWS

काठमाडौं, ११ कात्तिक । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

नागरिकताको प्रमाणपत्र आगलागी, बाढी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन् ।

व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा यसअन्तर्गतका कार्यालयबाट सेवा लिन सक्नेछन् ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले ललितपुर जिल्ला प्रशासन कार्यालय र कोशी तथा मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट यो सेवा लिन सक्नेछन् ।

नागरिकताको प्रतिलिपि लिन तोकिएका जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिको हकमा निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग मेल खानुपर्नेछ ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले भने आफूले सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्नेछ ।

त्यस्तै, पहिलो दृष्टिमै नागरिकताको विवरण शङ्कास्पद देखिएका निवेदकले पनि नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

 

Previous Post

रौतहटमा अपराधदेखि विपद्सम्म चुनौती, तीन महिनामा ५७ लाख बढीको सामान बरामद 

Next Post

डाइनोसरको कङ्काल ६० लाख डलरमा न्युयोर्कमा लिलामी हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav