• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एन्फामा विवाद चर्कियो, बहुमत सदस्यले मुख्यालय खोलेर बैठक बोलाउने

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
एन्फामा विवाद चर्कियो, बहुमत सदस्यले मुख्यालय खोलेर बैठक बोलाउने
0
SHARES
1
VIEWS

  • वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा एन्फा कार्यसमितिका बहुमत सदस्यले मुख्यालयको ताला खोली बैठक अघि बढाउने तयारी गरेका छन्।
  • विधानअनुसार एक तिहाइभन्दा बढी सदस्यले लिखित माग गर्दा पनि अध्यक्षले २१ दिनसम्म बैठक नबोलाएपछि उनीहरू आफैँ अघि सरेका हुन्।
  • एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहित चार पदाधिकारीविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दा दायर भएको छ।

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद थप चर्किएको छ। कार्यसमितिका बहुमत सदस्यले ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेर बैठक बोलाउने तयारी गरेका छन्।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कार्यसमितिका ११ सदस्यले बैठक आह्वान गर्न लिखित माग गरे पनि अध्यक्ष पंकजविक्रम नेम्बाङले निर्धारित समयभित्र बैठक नबोलाएपछि उनीहरू आफैँ प्रक्रिया अघि बढाउन लागेका हुन्।

एन्फा विधानको धारा ३१(२) मा कार्यसमितिका कम्तीमा एक तिहाइ सदस्यले लिखित रूपमा माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था छ। उक्त प्रावधानअनुसार २२ दिनअघि बैठकको माग गरिएको र २१ दिनसम्म अध्यक्षबाट बैठक नबोलाइएपछि अब आफ्नै नेतृत्वमा बैठक आयोजना गर्ने तयारी गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताएका छन्।

खड्काका अनुसार विधानले दिएको समयसीमा कुर्दासमेत बैठक नबोलाइएकाले आवश्यक निर्णय लिन अघि बढ्नुपरेको हो।

एन्फा केन्द्रीय सदस्य टीकाराम लामाका अनुसार मुख्यालयको ताला खोलेपछि कात्तिक १३ गतेका लागि कार्यसमिति बैठक बोलाउन पत्राचार गरिनेछ। उक्त बैठकबाट सरकार, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई सहजीकरणका लागि पत्र पठाउने तयारी रहेको उनले बताएका छन्।

यसैबीच, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान तथा सिफारिसपछि ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा अघि बढाएको हो।

उक्त मुद्दामा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भएका छन् भने अध्यक्ष नेम्बाङ र महासचिव राई अदालतमा उपस्थित नभएको समाचारमा उल्लेख छ।

एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले जुन २४ देखि संघलाई निलम्बन गरेको छ। यसले नेपाली फुटबलको प्रशासनिक गतिविधि र अन्तर्राष्ट्रिय सहभागितामा समेत चुनौती थपेको छ।

कार्यसमितिको बैठक बोलाउने विषयलाई लिएर देखिएको विवादले एन्फाभित्रको नेतृत्व सङ्कट थप गहिरिने सङ्केत देखिएको छ।

 

Previous Post

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति (तस्बिरहरु)

Next Post

अमेरिकी निर्वाचन आयोगको अनलाइन प्रणालीमा साइबर आक्रमण, चुनावी खर्च विवरण बुझाउन कठिनाइ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav