• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
0
SHARES
1
VIEWS

  • ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ‘कासाम–२०२६’ सुरु भएको छ।
  • सम्मेलनमा स्वदेश तथा विदेशका अनुसन्धानकर्ताका १४३ वटा शोधकार्य प्रस्तुत गरिनेछन्।
  • न्यानो प्रविधि, जैविक प्रविधि, हरित ऊर्जा र अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य सम्मेलनले लिएको छ।

ललितपुर । पदार्थ विज्ञानको क्षेत्रमा भएका नवीन अनुसन्धान र उपलब्धिबारे छलफल गर्ने उद्देश्यसहित छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६)’ सुरु भएको छ। अक्टोबर २८ देखि ३१ सम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन मंगलबार ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले गरेका हुन्।

नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पस, पोखरा र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा सम्मेलन भएको हो। विश्वविद्यालय अनुदान आयोगले सम्मेलनलाई सहयोग गरेको छ।

आयोजकका अनुसार सम्मेलनमा कुल १४३ वटा अनुसन्धानमूलक कार्य प्रस्तुत हुनेछन्। तीमध्ये पाँचवटा प्रमुख सम्बोधन, ३५ वटा आमन्त्रित कार्यपत्र, छवटा विषयगत व्याख्यान र २७ वटा मौखिक अनुसन्धान प्रस्तुति समावेश छन्। यसबाहेक युवा तथा नवोदित वैज्ञानिकका ७० वटा पोस्टर शोधपत्र पनि प्रदर्शन गरिनेछन्।

सम्मेलन संयोजक डा. हरिशरण अधिकारीका अनुसार उद्घाटनपछि सम्मेलनका प्रमुख प्रा.डा. रामेश्वर अधिकारीको अध्यक्षतामा ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयमा विशेष सत्र सञ्चालन गरिएको थियो।

नेपालसहित भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियाका वैज्ञानिकहरू सम्मेलनमा सहभागी भएका छन्। सहसंयोजक डा. शङ्कर खतिवडाका अनुसार सहभागी वैज्ञानिकहरूले न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थसम्बन्धी नयाँ अनुसन्धान प्रस्तुत गर्नेछन्।

कार्यक्रममा विदेशी वैज्ञानिक प्रा.डा. असा ब्राडम्यान, प्रा.डा. पिटर टिमासेभ र प्रा.डा. सातोरु सुकादासहित नेपाली वैज्ञानिक प्रा.डा. हेमराज पन्त, प्रा.डा. अमरप्रसाद यादव र डा. सुरेशकुमार ढुङ्गेललगायतको सहभागिता रहेको छ।

सम्मेलनमा युवा वैज्ञानिकको भूमिका, दिगो सहर निर्माणमा प्रविधिको प्रयोग तथा बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा गोलमेच छलफलसमेत आयोजना गरिनेछ। उत्कृष्ट अनुसन्धान तथा पोस्टर प्रस्तुति गर्ने सहभागीलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेको छ।

सहसंयोजक डा. केदार ढकालका अनुसार सम्मेलन सकिएपछि सहभागी वैज्ञानिकलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अवलोकन भ्रमण गराइनेछ।

सम्मेलनबाट नेपालमा न्यानो तथा जैविक प्रविधिसम्बन्धी अनुसन्धान, वैज्ञानिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्य विस्तारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।

k

Previous Post

कांग्रेसकी सीता थपलियाको डेरामा चोरी, चार भारतीय नागरिक पक्राउ

Next Post

थानकोटबाट ६८ किलोभन्दा बढी चाँदीसहित भारतीय नागरिक पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav