• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा
0
SHARES
0
VIEWS
गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
बुधवार आयोगलाई ज्ञापन पत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारीता र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताउनु भयो । स्थानीय तह निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेल हुने कार्य भइरहेको भन्दै उहाँले यसलाई रोक्न स्थानीय हतको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड दिनुभयो ।गैरदलीय निर्वाचनले स्थानीय नेतृत्व चयनमा नागरिकको स्वतन्त्र छनोट र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने उहाँको भनाइ छ । अध्यक्ष घिसिङले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न समेत माग गर्नुभयो  । त्यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक संस्थागत पूर्वाधार तयार गर्नुपर्ने उहाँको माग छ । उहाँले निर्वाचन आयोगलाई दुवै विषयमा आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श र सम्बन्धित निकायसँग समन्वय गरी आगामी स्थानीय तहको निर्वाचनअघि नै कार्यान्वयन हुने समयवद्ध कार्ययोजना सार्वजनिक गर्न समेत आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा हुने अपारदर्शी खर्च र अनुचित चलखेल नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा जवाफदेहिताको व्यवस्था गर्न समेत आयोगको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सर्वोच्चता र परिणाममुखी सार्वजनिक सेवालाई लोकतान्त्रिक शासनका आधार मान्ने हाम्रो पार्टी स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने मान्यता राख्दछ । स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको दलीय प्रणालीको विरोध गर्नु होइन । स्थानीय सरकारको मुख्य जिम्मेवारी जनताप्रति उत्तरदायी हुँदै विकास निर्माण र जनसेवा गर्नु भएकोले यी कार्यलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा यो अवधारणा अघि सारिएको छ । यसै राजनीतिक दृष्टिकोण अनुरूप आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो सरकार चयन गर्न मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उज्यालो नेपाल पार्टीले प्रमुख राजनीतिक मागका रूपमा अघि सारेका सारेको छ । स्थानीय नेतृत्व चयनलाई दलीय शक्ति प्रदर्शन, आर्थिक चलखेल र राजनीतिक ध्रुवीकरणको प्रभावबाट मुक्त गर्दै योग्यता, इमान्दारी र कार्यसम्पादनमा आधारित बनाउन तथा देश बाहिर रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक सहभागिताबाट वञ्चित हुन नदिन यी दुवै विषयमा राज्यका सम्बन्धित निकायले तत्काल ठोस पहल गर्न आवश्यक छ ।’
उहाँले विदेशमा रहेका नेपाली नागरिकको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी तथा प्राविधिक तयारीमा जुट्न समेत आयोगको ध्यानाकर्षण गर्नुभयो ।

Previous Post

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रभाव, १५० किमिसम्मको हावाहुरी र बाढीको चेतावनी

Next Post

नयाँ जलवायु नीति तयार गर्दैछौँः सहसचिव ढकाल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav