• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

क्षेत्रीय तनाव बढ्ने सङ्केतपछि इजिप्टका विदेशमन्त्रीद्वारा साउदी र यूएईका समकक्षीसँग छलफल

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
क्षेत्रीय तनाव बढ्ने सङ्केतपछि इजिप्टका विदेशमन्त्रीद्वारा साउदी र यूएईका समकक्षीसँग छलफल
0
SHARES
0
VIEWS

मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्न सक्ने सङ्केत देखिएपछि इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।

इजिप्टको विदेश मन्त्रालयले बुधवार जारी गरेको वक्तव्यअनुसार तीन देशका विदेशमन्त्रीहरूले पछिल्लो क्षेत्रीय घटनाक्रम, जारी सङ्कट नियन्त्रणका प्रयास तथा तनाव थप बढ्न नदिन अपनाउन सकिने उपायबारे छलफल गरेका छन् ।

उनीहरूले पछिल्ला दिनमा सङ्कट थप चर्किने जोखिम बढेकोप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत राजनीतिक तथा शान्तिपूर्ण समाधान खोज्ने उपायबारे विचार आदानप्रदान गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँगको वार्तामा अब्देलात्तीले द्विपक्षीय तहमा तथा क्षेत्रीय चार देशीय मन्त्रीस्तरीय संयन्त्रमार्फत निरन्तर परामर्श र समन्वय गर्ने सहमति गरेका छन् । उक्त संयन्त्रमा इजिप्ट, साउदी अरब, पाकिस्तान र टर्किए सहभागी छन् ।

त्यस्तै, यूएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको वार्तामा अब्देलात्तीले क्षेत्रीय देशहरूले शान्तिपूर्ण समाधानका लागि प्रयास तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । उनले सङ्कटमा संलग्न सबै पक्षलाई पुनः राजनीतिक संवादको बाटोमा फर्काउन र परिस्थितिलाई थप बिग्रन नदिन क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् ।

मध्यपूर्वमा बढ्दो तनावका बीच क्षेत्रीय देशहरूले कूटनीतिक संवाद र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा इजिप्टले जोड दिएको छ ।

 

Previous Post

पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी हुँदा एक जनाको मृत्यु, पाँच घाइते

Next Post

भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’को प्रभाव, हजारौँ मानिस सुरक्षित स्थानमा सारिए

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav