• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तीन महिनामा १६ अर्ब २३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
तीन महिनामा १६ अर्ब २३ करोडको वैदेशिक लगानी प्रतिबद्धता
0
SHARES
0
VIEWS

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालमा १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ४२२ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी स्वीकृत भएको हो।

विभागका अनुसार कुल स्वीकृत परियोजनामध्ये ४१० वटा स्वचालित मार्गबाट छनोट भएका छन्। ती परियोजनाका लागि १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ। बाँकी १२ वटा परियोजनाले स्वीकृति प्रक्रियामार्फत एक अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त गरेका छन्।

तर, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको देखिएको छ।

भदौमा बढेको लगानी असोजमा घट्यो

महिनागत विवरणअनुसार साउनमा १९२ वटा परियोजनाका लागि करिब चार अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। भदौमा १३६ वटा परियोजनामार्फत ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको थियो।

असोजमा भने लगानी प्रतिबद्धता घटेर पाँच अर्ब १० करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। उक्त महिनामा ९४ वटा परियोजनाका लागि लगानी स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ। असोजमा प्रस्तावित परियोजनाबाट पाँच हजार १२९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा भने ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। त्यतिबेला साउनमा करिब २४ अर्ब, भदौमा नौ अर्ब र असोजमा तीन अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विवरण छ।

यसरी तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वैदेशिक लगानी प्रतिबद्धताको रकम अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले घटेको देखिन्छ।

रकमका आधारमा पर्यटन क्षेत्रमा बढी आकर्षण

उद्योग विभागको तथ्यांकअनुसार लगानी रकमका आधारमा पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा परेको छ। पहिलो तीन महिनामा यस क्षेत्रमा १०८ वटा परियोजनामार्फत छ अर्ब आठ करोड २८ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

ऊर्जा क्षेत्रमा दुईवटा परियोजनाका लागि चार अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ। त्यस्तै, सेवामूलक क्षेत्रमा ३३ वटा परियोजनाका लागि तीन अर्ब ५७ करोड ५४ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा २५ वटा परियोजनाका लागि एक अर्ब ६० करोड ५३ लाख रुपैयाँको प्रतिबद्धता आएको छ।

परियोजना संख्यामा सूचना प्रविधि अगाडि

परियोजनाको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। कुल ४२२ परियोजनामध्ये २५२ वटा सूचना प्रविधिसम्बन्धी छन्। यो कुल परियोजनाको करिब ६० प्रतिशत हो।

यद्यपि, परियोजनाको संख्या धेरै भए पनि यस क्षेत्रमा प्रतिबद्ध लगानी रकम तुलनात्मक रूपमा कम छ। सूचना प्रविधिका परियोजनाका लागि कुल ९२ करोड ८३ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

कृषि तथा वन पैदावार क्षेत्रमा दुईवटा परियोजनाका लागि चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। खनिज तथा पूर्वाधार क्षेत्रमा भने यस अवधिमा कुनै वैदेशिक लगानी प्रस्ताव स्वीकृत नभएको विभागको विवरणमा उल्लेख छ।

साना उद्योगमा केन्द्रित विदेशी लगानी

स्वीकृत परियोजनाको आकार हेर्दा साना उद्योगको बाहुल्य देखिएको छ। पहिलो त्रैमासमा स्वीकृत ४२२ परियोजनामध्ये ४१७ वटा साना उद्योग छन्। मझौला उद्योग दुईवटा र ठूला उद्योग तीनवटा रहेका छन्।

यसले नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको ठूलो हिस्सा साना उद्योग तथा परियोजनामा केन्द्रित रहेको देखाउँछ।

लाभांश र रोयल्टीबापत रकम बाहिरियो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले लाभांश तथा रोयल्टीका रूपमा रकम विदेश लगेका छन्।

विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ बाहिरिएको छ।

त्यस्तै, रोयल्टीबापत नेपाली रुपैयाँ ९१ करोड ६६ लाख, अमेरिकी डलर ११ लाख ९० हजार र भारतीय रुपैयाँ दुई करोड ५७ लाख भुक्तानी भएको विवरण छ। अमेरिकी डलर र भारतीय रुपैयाँमा भएको भुक्तानीको नेपाली रुपैयाँमा रूपान्तरण गर्दा क्रमशः करिब १६ करोड र चार करोड ११ लाख रुपैयाँ हुन्छ। यसबाहेक सेवा शुल्कका रूपमा पनि रकम बाहिरिएको विभागले जनाएको छ।

यस अवधिमा विभागले १४४ जना विदेशी लगानीकर्ता, ९९ जना प्रतिनिधि र १५२ जना उनीहरूका आश्रित परिवारका सदस्यलाई व्यावसायिक भिसाका लागि सिफारिस गरेको छ।

समग्र तथ्यांकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पर्यटन क्षेत्रमा ठूलो लगानी प्रतिबद्धता आएको र सूचना प्रविधिमा परियोजनाको संख्या बढी रहेको देखाउँछ। तर, अघिल्लो आर्थिक वर्षको तुलनामा कुल लगानी प्रतिबद्धता घटेकाले विदेशी लगानी आकर्षित गर्ने वातावरण र त्यसको प्रभावकारिताबारे थप ध्यान दिनुपर्ने देखिन्छ।

Previous Post

प्रहरी पोशाक खरिद प्रकरण : मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षसँग छलफल गरिने

Next Post

बाहिर खुसी देखिए पनि हुन सक्छ डिप्रेसन, कसरी चिन्ने ‘मास्क्ड डिप्रेसन’?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav