• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई लिएर सरकार सतर्क, निकायलाई तयारी अवस्थामा रहन निर्देशन

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई लिएर सरकार सतर्क, निकायलाई तयारी अवस्थामा रहन निर्देशन
0
SHARES
0
VIEWS

काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मातहतका निकायलाई उच्च सतर्कता अपनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार जारी गरेको सूचनामा चक्रवातका कारण नेपालका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरी हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ। जनधनको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरिएको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल प्रवेश गर्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको सम्भावित असरलाई बेवास्ता नगर्न र जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन सरकारले जोड दिएको छ।

पर्यटक र पर्वतारोहीलाई मौसमबारे जानकारी लिन आग्रह

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटक र टोलीलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित निकायले यात्रा सुरु गर्नुअघि आधिकारिक मौसम पूर्वानुमान र अद्यावधिक सूचनाको अध्ययन गरेर मात्रै निर्णय लिन अनुरोध गरेका छन्। मौसम प्रतिकूल हुने अवस्था देखिएमा यात्रा तथा आरोहणका योजनाबारे पुनर्विचार गर्न पनि सुझाव दिइएको छ।

हवाई सुरक्षाका लागि विशेष तयारी

चक्रवातको सम्भावित प्रभावबाट हवाई सेवामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन र हवाई सुरक्षासम्बन्धी व्यवस्थालाई चुस्त राख्न निर्देशन दिएको छ।

निर्देशनअनुसार हवाई ट्राफिक व्यवस्थापन, धावनमार्गको निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्नुपर्नेछ। मौसमका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक समन्वय गर्न पनि भनिएको छ।

जिल्ला प्रशासनलाई जोखिम न्यूनीकरणमा सक्रिय हुन आग्रह

विभिन्न जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। सुरक्षा निकायले सम्भावित जोखिम भएका स्थानमा माइकिङमार्फत सचेतना फैलाउने कामसमेत गरिरहेका छन्।

सरकारले चक्रवातबारे फैलिन सक्ने भ्रामक सूचना र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन आधिकारिक निकायबाट जारी सूचनालाई आधार बनाउन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।

सम्भावित मौसमी प्रभावबाट जनधनको क्षति हुन नदिन सम्बन्धित सबै निकायबीच समन्वय र पूर्वतयारीलाई प्रभावकारी बनाउने सरकारको जोड छ।

Previous Post

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Next Post

कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यको ८ बुँदे प्रतिबद्धता, यस्ता छन् मुख्य विषय

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav