बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ। सोहीअनुसार कांग्रेस शुक्रबार निर्वाचन आयोग जाने बताएको छ ।
कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात लिएर शुक्रबार आयोगमा अद्यावधिक गराइने बताएकाछन् ।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ लिएका छन्। कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
गगन नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको छ। सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी पुनरावलोकन प्रक्रिया जारी रहेकाले विवाद अझै टुंगिएको छैन। अदालतमा मुद्दा विचाराधीन भएकैले देउवा पक्षले आफूलाई आधिकारिक भनेर दाबी गर्ने मौका पाएको हो ।
