• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इनम प्रकरण’बारे आन्तरिक छानबिन गर्न न्यायाधीशहरूको माग, सोमबार पुनः फुलकोर्ट बस्ने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
इनम प्रकरण’बारे आन्तरिक छानबिन गर्न न्यायाधीशहरूको माग, सोमबार पुनः फुलकोर्ट बस्ने
0
SHARES
0
VIEWS

इनम प्रकरण’बारे आन्तरिक छानबिन गर्न न्यायाधीशहरूको माग, सोमबार पुनः फुलकोर्ट बस्ने

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर विवाद सार्वजनिक भएपछि सर्वोच्च अदालतमा आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) बसेको छ। बैठकमा सहभागी अधिकांश न्यायाधीशले घटनाको सत्यतथ्य पत्ता लगाउन अदालतभित्रैबाट आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन्।

मुद्दाको पेसी व्यवस्थापनका लागि गोला प्रक्रिया सुरु हुनुअघि बसेको बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाहेक अन्य न्यायाधीश सहभागी थिए।

बैठकको प्रारम्भमा न्यायाधीश हरिप्रसाद फुयाँलले पछिल्लो समय चर्चामा रहेको ‘इनम प्रकरण’बारे आफ्नो धारणा राखेका थिए। इनमले प्रधानमन्त्रीको नाम उल्लेख गर्दै सम्पर्क गरेपछि ह्वाट्सएपमार्फत कुराकानी भएको उनले स्वीकार गरेका थिए। तर, उक्त संवादबाट आफूले कुनै पनि न्यायिक मर्यादाविपरीत काम नगरेको उनको दाबी थियो।

सर्वोच्च अदालत स्रोतका अनुसार फुयाँलले इनमको भनाइअनुसार कुनै फैसला नभएको र न्यायाधीशहरूबाट पनि उनको पक्षमा हुने गरी न्याय सम्पादन नगरिएको बताएका थिए। बरु इनमबारे प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएपछि मात्रै उनलाई पक्राउ गर्ने वातावरण बनेको उनको भनाइ थियो।

आफूसँगै प्रधानन्यायाधीशको नामसमेत विवादमा जोडिएकाले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउन अदालतकै पहलमा छानबिन समिति गठन गर्नुपर्ने धारणा उनले बैठकमा राखेका थिए।

बैठकमा न्यायाधीशहरू नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल र सारङ्गा सुवेदीलगायतले पनि आफ्नो विचार राखेका थिए। उनीहरूले न्यायालयको विश्वसनीयतामाथि प्रश्न उठेको विषयलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिनमार्फत निष्कर्षमा पुग्नुपर्ने बताएका थिए।

बैठकमा सहभागी एक न्यायाधीशका अनुसार न्यायालयसँग सम्बन्धित विषयमा संसद्ले आफ्नो प्रक्रियाअनुसार निर्णय लिन सक्ने भए पनि अदालतले पनि आफ्नै स्तरबाट घटनाको छानबिन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

यस विषयमा थप छलफल गरी आवश्यक निर्णय लिन आगामी सोमबार पुनः फुलकोर्ट बैठक बस्ने सहमति भएको छ।

बैठक सकिएपछि न्यायाधीशहरूले नियमित प्रक्रियाअनुसार गोला तानेर आ–आफ्नो इजलासमा मुद्दाको सुनुवाइ सुरु गरेका छन्।

 

Previous Post

स्कुलमा सारासँग डराउँथिन् अनन्या पाण्डे, अहिले भने छन् मिल्ने साथी

Next Post

अक्टोबर ३० मा विश्वः अटोमन साम्राज्यको भूमिकाको अन्त्य भएकाे दिन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav