• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढीपहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन–११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
बाढीपहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन–११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
0
SHARES
0
VIEWS
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धारका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ।

नदीले बगाएर टाढा पुर्‍याएका शवको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरेदेखि त्रिवेणीसम्म) विशेष अपरेसन सञ्चालन गरिएको हो।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबार बसेको बैठकमा नेपाल प्रहरीका तर्फबाट कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त जानकारी दिए।

विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरेर काम भइरहेको उनले बताए।

एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएका छन्। तीमध्ये सरकारले १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रभावित क्षेत्रमा हालसम्म एक हजार ४७६ जना प्रहरी परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ।

विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा क्षति पुगेको र सञ्चार सम्पर्कसमेत विच्छेद भएको अवस्थामा पनि उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

शवको पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्चतम प्रयोग गरेको छ। फेला परेका सबै शवको तस्बिरसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ। यसले देश तथा विदेशमा रहेका आफन्तलाई शव पहिचान गर्न सहज भएको छ।

यसका साथै डीएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइतेको व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्याङ्क प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

यद्यपि, भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै केही व्यक्ति बेपत्ता छन्। उनीहरूको वास्तविक संख्या यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

 

Previous Post

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने

Next Post

जिम नगए पनि स्वस्थ रहन सकिन्छ : दैनिक ४ मिनेटका साना गतिविधिले घटाउन सक्छन् रोगको जोखिम

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav