सिन्धुपाल्चोक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी कात्तिक १६ गते सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्ने भएको छ। अधिवेशन नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसेमा आयोजना गरिने तय भएको छ।
अधिवेशनको उद्घाटन बस्नेतले गर्ने कार्यक्रम रहेको छ। उनले आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई अधिवेशनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।
नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको भए पनि सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन हुन बाँकी छ।
यसैबीच, देउवा पक्षले आगामी मंसिरमा छुट्टै महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।
