• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाल–भारत सीमा सुरक्षामा प्रविधिको प्रयोग विस्तार गर्ने सहमति

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
नेपाल–भारत सीमा सुरक्षामा प्रविधिको प्रयोग विस्तार गर्ने सहमति
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल र भारतले सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग बढाउने र द्विपक्षीय समन्वयलाई मजबुत बनाउने सहमति गरेका छन्।

काठमाडौंमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा अघिल्लो नवौँ बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सीमापार अपराध नियन्त्रणका लागि रणनीतिक, सञ्चालनगत तथा कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्ने निष्कर्ष निकालिएको छ। दुवै पक्षले आवश्यक सूचना समयमै आदानप्रदान गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

दशगजा क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन अनधिकृत खेती, सीमा अतिक्रमण र अवैध संरचना हटाउन संयुक्त प्रयासलाई निरन्तरता दिने सहमति भएको छ। सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका काममा सम्बन्धित संयन्त्रका निर्णयअनुसार स्थानीय तहमा समन्वय बढाउने विषय पनि बैठकमा उठेको छ।

त्यस्तै, सीमापार आपराधिक गतिविधि, तस्करी, मानव बेचबिखन, नक्कली मुद्रा र लागुऔषध कारोबार नियन्त्रणका लागि सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाइने भएको छ। खुला सीमाको दुरुपयोग गर्दै तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा पार्ने निर्णय पनि गरिएको छ।

दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिका गतिविधिबारे तत्काल जानकारी साझा गर्ने विषयमा समेत दुवै देश सहमत भएका छन्।

सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने प्रस्तावमाथि छलफल भएको छ। साथै, दुवै देशले आफ्नो भूभागमा ड्रोनको प्रयोग विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउने भएका छन्।

सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौती तथा सामाजिक सद्भावमा पर्ने असर नियन्त्रणका लागि संस्थागत सहकार्य बढाउने निर्णय पनि बैठकले गरेको छ। सीमा सुरक्षामा खटिने जनशक्तिलाई आधुनिक प्रविधिसम्बन्धी तालिम उपलब्ध गराउने र दुवै सुरक्षा निकायबीच नियमित अध्ययन तथा अनुभव आदानप्रदान भ्रमण गर्ने सहमति भएको छ।

प्राकृतिक विपद्को समयमा संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जल उद्धार अभ्यास सञ्चालन गर्ने विषयमा पनि छलफल गरिएको छ।

सीमा नाकाबाट आवतजावत गर्ने वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने निर्णयसमेत भएको छ। त्यसैगरी, खेलकुद प्रतियोगिता, अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेर दुई देशबीच आपसी विश्वास र सद्भाव बढाउने सहमति जुटेको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका उच्च अधिकारीसँगै परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी थिए। भारतीय पक्षबाट सशस्त्र सीमा बलका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा भारतका विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा हुने जनाइएको छ।

Previous Post

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

Next Post

बिचौलिया सापकोटाको ‘कनेक्सन’ प्रकरणले सरकारदेखि न्यायालयसम्म हलचल, प्रधानमन्त्री तत्काल कदम चाल्ने पक्षमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav