• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मधुमेहले रगतमा चिनीको मात्रा मात्र होइन, मानसिक स्वास्थ्यमा पनि पार्छ असर

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
मधुमेहले रगतमा चिनीको मात्रा मात्र होइन, मानसिक स्वास्थ्यमा पनि पार्छ असर
0
SHARES
0
VIEWS

काठमाडौं । सामान्यतया शान्त स्वभावको व्यक्ति अचानक रिसाउने, सानो कुरामा झर्किने, निराश हुने वा एक्लै बस्न रुचाउने हुन थालेमा त्यसको कारण केवल मानसिक तनाव नहुन सक्छ। लामो समयदेखि मधुमेहको समस्या भोगिरहेका व्यक्तिमा रगतमा चिनीको मात्रामा हुने उतारचढावले पनि व्यवहार र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

मधुमेहलाई सामान्यतया रगतमा ग्लुकोजको मात्रा आवश्यकभन्दा बढी हुने अवस्थाका रूपमा बुझिन्छ। यसले शरीरका विभिन्न अङ्गमा क्षति पुर्‍याउनुका साथै मोटोपन तथा मुटुसम्बन्धी रोगको जोखिम बढाउन सक्छ। तर यसको प्रभाव शारीरिक स्वास्थ्यमा मात्र सीमित हुँदैन। मानसिक स्वास्थ्यमा समेत यसले असर पार्न सक्छ।

मधुमेहले मानसिक स्वास्थ्यमा कसरी असर गर्छ ?

मधुमेह र मानसिक स्वास्थ्यबीच नजिकको सम्बन्ध हुन्छ। मधुमेह भएपछि नियमित रूपमा रगतमा चिनीको मात्रा परीक्षण गर्ने, औषधि सेवन गर्ने, खानपान नियन्त्रण गर्ने र शारीरिक गतिविधिमा ध्यान दिनुपर्ने हुन्छ।

यी सबै कुरा लामो समयसम्म निरन्तर पालना गर्नुपर्ने भएकाले कतिपय व्यक्ति मानसिक रूपमा थकित र निराश हुन सक्छन्।

मधुमेह पूर्ण रूपमा निको पार्नेभन्दा पनि निरन्तर नियन्त्रणमा राख्नुपर्ने अवस्थाका कारण आफूले जीवनभर यस्तै सावधानी अपनाउनुपर्ने हो कि भन्ने चिन्ताले पनि सताउन सक्छ।

त्यस्तै, शरीरमा सामान्य समस्या देखिँदासमेत मधुमेह बढेको त होइन भन्ने डर लाग्ने, कुनै खानेकुरा खाँदा रगतमा चिनी बढ्ने हो कि भन्ने चिन्ता हुने र दैनिक औषधि सेवन गर्नुपर्दा दिक्क लाग्ने समस्या देखिन सक्छ।

स्वास्थ्य क्षेत्रमा यस्ता अवस्थालाई ‘डायबिटिज रिलेटेड डिस्ट्रेस’ अर्थात् मधुमेहसम्बन्धी मानसिक तनाव र ‘डायबिटिज बर्नआउट’ भनिन्छ।

यस्तो तनाव लामो समयसम्म कायम रहेमा अत्यधिक चिन्ता र निराशा बढ्दै गएर डिप्रेसनको समस्या पनि देखिन सक्छ।

उपलब्ध अध्ययनअनुसार इन्सुलिन प्रयोग नगर्ने टाइप–२ मधुमेहका पाँच जनामध्ये करिब एक जना र इन्सुलिन प्रयोग गर्ने छ जनामध्ये एक जनामा मधुमेहसम्बन्धी मानसिक तनाव देखिने गरेको छ।

रगतमा चिनीको उतारचढावले मुडमा परिवर्तन

रगतमा ग्लुकोजको मात्रा र मानिसको मानसिक अवस्थाबीच पनि सम्बन्ध हुन्छ। हाम्रो मस्तिष्कले ऊर्जा प्राप्त गर्न ग्लुकोज प्रयोग गर्छ। त्यसैले रगतमा चिनीको मात्रा अत्यधिक घट्दा वा बढ्दा मानसिक तथा शारीरिक अवस्थामा परिवर्तन देखिन सक्छ।

रगतमा चिनीको मात्रा घट्दा डर लाग्ने, बेचैनी हुने, चिन्ता बढ्ने र कतिपय अवस्थामा भ्रमसमेत उत्पन्न हुन सक्छ।

त्यस्तै, ग्लुकोजको मात्रा अत्यधिक बढ्दा भोक नलाग्ने, एकाग्रता कमजोर हुने, निर्णय लिन कठिनाइ हुने, चिडचिडापन बढ्ने, अधैर्यता र निद्रासम्बन्धी समस्या देखिन सक्छन्।

यस्ता उतारचढावले व्यक्तिको व्यवहारमा समेत परिवर्तन ल्याउन सक्छ। यसको असर परिवारका सदस्य र आफन्तसँगको सम्बन्धमा पनि पर्न सक्छ।

मानसिक समस्या भएका व्यक्तिमा मधुमेहको जोखिम

मधुमेहले मानसिक स्वास्थ्यमा असर पार्ने मात्र होइन, मानसिक स्वास्थ्यसम्बन्धी समस्याले पनि मधुमेहको जोखिम बढाउन सक्छ।

चिन्ता, तनाव र डिप्रेसन भएका व्यक्तिले आफ्नो खानपान, निद्रा र शारीरिक गतिविधिमा पर्याप्त ध्यान दिन नसक्ने अवस्था आउन सक्छ।

यस्ता व्यक्तिमा अनियमित खानपान, कम शारीरिक गतिविधि, निद्राको कमी र एक्लै बस्न रुचाउने प्रवृत्ति देखिन सक्छ। यी सबै पक्षले मधुमेहको जोखिम बढाउन सक्छन्।

त्यस्तै, लामो समयसम्म तनाव कायम रहँदा शरीरमा कोर्टिसोल नामक तनावसम्बन्धी हर्मोनको मात्रा बढ्न सक्छ। यसले इन्सुलिनको कार्यक्षमता र रगतमा ग्लुकोजको नियन्त्रणमा असर पार्न सक्छ।

यसरी मानसिक स्वास्थ्य र मधुमेहबीच एकअर्कालाई प्रभावित गर्ने सम्बन्ध रहन्छ।

यौन जीवनमा पनि पर्न सक्छ असर

मधुमेह नियन्त्रणबाहिर रहँदा यौन स्वास्थ्यमा समेत समस्या देखिन सक्छ।

महिलामा योनि सुक्खापन र पुरुषमा यौन उत्तेजना कायम राख्न कठिनाइ हुने समस्या देखिन सक्छ। कतिपय पुरुषमा शीघ्र स्खलनको समस्या पनि हुन सक्छ।

यस्ता समस्याले दाम्पत्य तथा यौन जीवनमा असन्तुष्टि सिर्जना गर्न सक्छन्। त्यसबाट आत्मविश्वास घट्ने, तनाव बढ्ने र मानसिक स्वास्थ्यमा थप असर पर्ने सम्भावना रहन्छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार मधुमेह नभएका व्यक्तिको तुलनामा मधुमेह भएका व्यक्तिमा डिप्रेसन हुने सम्भावना दुईदेखि तीन गुणासम्म बढी हुन्छ।

तर मधुमेह भएका व्यक्तिमध्ये डिप्रेसनको समस्या देखिएका करिब २५ देखि ५० प्रतिशतमा मात्रै यसको पहिचान र उपचार हुने गरेको उल्लेख छ।

मानसिक स्वास्थ्यमा समस्या देखिएको कसरी थाहा पाउने ?

मधुमेह भएका व्यक्तिमा मानसिक स्वास्थ्य प्रभावित हुँदा विभिन्न लक्षण देखिन सक्छन्।

  • सामान्य कुरामै रिसाउने र झर्किने।

  • सानो समस्यामा पनि अत्यधिक आत्तिने वा चिन्तित हुने।

  • रातभर निद्रा नलाग्ने वा निद्राको ढाँचा बिग्रने।

  • अरूको कुरा नसुनी आक्रामक व्यवहार देखाउने।

  • उदास र निराश भइरहने।

  • आफूलाई मन पर्ने गतिविधिमा समेत रुचि हराउँदै जाने।

  • लगातार थकान र कमजोरी महसुस हुने।

  • अत्यधिक खाने वा खानै मन नलाग्ने।

यस्ता लक्षण लामो समयसम्म देखिएमा मानसिक स्वास्थ्यमा समस्या भएको हुन सक्छ। त्यसैले बेवास्ता नगरी स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ।

मधुमेह भएका व्यक्तिले मानसिक स्वास्थ्य कसरी जोगाउने ?

१. चिकित्सकसँग खुलेर कुरा गर्ने

मधुमेहका कारण मानसिक तनाव, चिन्ता वा निराशा भइरहेको छ भने उपचारमा संलग्न चिकित्सकलाई जानकारी दिनुपर्छ। यसले शारीरिक र मानसिक दुवै अवस्थाको मूल्यांकन गरी उपयुक्त उपचार योजना बनाउन सहयोग गर्छ।

२. आवश्यकताअनुसार थेरापी लिने

मुडमा परिवर्तन आउने, अत्यधिक तनाव हुने, चिन्ता बढ्ने वा मानसिक थकान महसुस हुने अवस्थामा मनोवैज्ञानिक वा मनोचिकित्सकको सहयोग लिन सकिन्छ।

थेरापीमार्फत तनाव व्यवस्थापन, भावनात्मक नियन्त्रण र मधुमेहसँग सम्बन्धित चुनौती सामना गर्ने तरिका सिक्न सकिन्छ।

३. आफ्ना भावना परिवारसँग साझा गर्ने

मनमा भएका चिन्ता र तनाव आफैँभित्र सीमित राख्नु हुँदैन। विश्वासिलो साथी, परिवारका सदस्य वा नजिकका व्यक्तिसँग आफ्ना समस्या साझा गर्दा मानसिक भार कम हुन सक्छ।

परिवारका सदस्यलाई पनि आफ्नो स्वास्थ्य अवस्था र मानसिक समस्याबारे जानकारी दिनुपर्छ। यसले उनीहरूलाई परिस्थितिअनुसार सहयोग र व्यवहार गर्न सहज बनाउँछ।

४. नियमित रूपमा रगतमा चिनीको मात्रा जाँच गर्ने

मधुमेह नियन्त्रणमा राख्न चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा रगतमा ग्लुकोजको मात्रा परीक्षण गर्नुपर्छ।

यसले चिनीको मात्रा अत्यधिक घट्ने वा बढ्ने अवस्थाबारे समयमै जानकारी पाउन र आवश्यक उपचार गर्न सहयोग गर्छ।

५. पर्याप्त निद्रा र शारीरिक गतिविधि

दैनिक सातदेखि आठ घण्टा गुणस्तरीय निद्रा लिनु आवश्यक हुन्छ। त्यस्तै, नियमित हिँडडुल, व्यायाम र योगले रगतमा ग्लुकोजको नियन्त्रण तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुर्‍याउन सक्छ।

६. स्वस्थ जीवनशैली अपनाउने

सन्तुलित तथा पोषणयुक्त खाना खाने, नियमित व्यायाम गर्ने, पर्याप्त आराम गर्ने र ध्यान गर्ने बानीले मधुमेह नियन्त्रणका साथै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।

७. आवश्यकताअनुसार औषधि सेवन गर्ने

मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी समस्या दुवैको उपचारका लागि चिकित्सकले आवश्यकताअनुसार औषधि सिफारिस गर्न सक्छन्।

चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन।

मधुमेहलाई केवल रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने समस्याका रूपमा मात्र हेर्नु हुँदैन। यसको उपचार र व्यवस्थापनमा मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ। शारीरिक र मानसिक दुवै पक्षमा ध्यान दिन सके मधुमेहसँगै जीवनलाई सहज र व्यवस्थित बनाउन सकिन्छ।

Previous Post

राप्रपा अध्यक्ष लिङ्देनको ९५औँ रक्तदान, नेता–कार्यकर्तालाई पनि अभियानमा जुट्न आग्रह

Next Post

परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav