• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विपद्को घडीमा आरोप–प्रत्यारोप होइन, तथ्यमा आधारित समीक्षा र रचनात्मक सहकार्य आवश्यकः गणेश पराजुली

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
विपद्को घडीमा आरोप–प्रत्यारोप होइन, तथ्यमा आधारित समीक्षा र रचनात्मक सहकार्य आवश्यकः गणेश पराजुली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तीव्रता दिन तीनै तहका सरकारका साथै प्रतिपक्षी दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताएका छन्।

नेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताएका छन्।

उनले हिमालय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको भन्दै उनले अब त्यसलाई ठोस साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

संसदीय विशेष समितिको जिम्मेवारी सम्हालेका पराजुलीले विपद्को वैज्ञानिक अध्ययन गर्दै पूर्वाग्रहरहित रूपमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सुशासनका सम्बन्धमा रास्वपाको अडान स्पष्ट पार्दै नेता पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाले कमजोर बनाएको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन समय लाग्ने भए पनि सरकार सही मार्गमा रहेको दाबी गरेका छन्।

उनले कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कदमहरू सुशासनका सुरुवात भएको बताउँदै घुसखोरीको अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गरेका छन्।

उनले चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकहरूको दुःखमा साथ दिन सबै नेपालीलाई आग्रह गरेका छन्।

Previous Post

विधायन व्यवस्थापन समितिको बैठक (तस्बिरहरु)

Next Post

सरकारको कार्यशैलीप्रति श्रम संस्कृति पार्टीको असन्तुष्टिः ‘झुटको राजनीति बन्द गरी परिणाममुखी काममा लाग्नुस्’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In