• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

धनगढी-खुटिया फास्ट ट्रयाक अन्तर्गत ५४ करोड २७ लाख लागतका पाच पुलको ठेक्का आह्वान

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
धनगढी-खुटिया फास्ट ट्रयाक अन्तर्गत ५४ करोड २७ लाख लागतका पाच पुलको ठेक्का आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ फास्ट ट्र्याक अन्तर्गत डोटीका महत्वपूर्ण पुलहरूको ठेक्काका लागि सूचना आह्वान भएको छ।

सायलिगाड पुल (६० मिटर), जारिमघाट खोला पुल (६० मिटर), गुणगाडी (गुनडी) खोला पुल (५० मिटर), हानीगाड (हौँनेगाड) खोला पुल (२५ मिटर) र सानीगाड पुल (६० मिटर) को ठेक्काको सूचना बिहीबार आह्वान भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतले बताए। पाँच पुलको लागत अनुमान मात्रै रु. ५४ करोड २७ लाख रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, उनका अनुसार सेरागाड खोला पुल (५० मिटर) र बिछन्द खोला पुल (६० मिटर) को ठेक्का आह्वान यसअघि सडक विभाग पुल महाशाखाबाट ३२ असारमा भइसकेको छ। तेबेली खोला पुल (२५ मिटर) र बल्लेगाडा नदी पुल (२० मिटर) ठेक्का प्रक्रियामा रहेका उनले बताए।

उक्त सडकमा पर्ने सबै पुलको ठेक्का आह्वानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति डोटी डेलिकेसनसहित एक महिनायता काठमाडौंमा थियो। रास्वपा डोटी जिल्ला सभापति केशव बलायरले आर्थिक वर्ष २०८३/०८४ मा डोटीको दिपायलसम्म पुग्ने सडकको ठेक्का आह्वानको प्रक्रिया अगाडि बढाउने विषयमा एक महिनादेखि मन्त्री लम्सालसँग छलफल भइरहेकोमा अभियानले बल्ल सार्थकता पाएको बताए।

उनका अनुसार अहिलेसम्म पुलतर्फ ८० करोड र सडकतर्फ १५१ करोड बराबरका ठेक्का प्रक्रिया अगाडि बढेर सूचना आह्वान भइसकेको छ।

‘मन्त्री लम्सालसँग छलफलका क्रममा यसै आर्थिक वर्षभित्र फास्ट ट्र्याक बनाउन आवश्यक २०० देखि ३०० करोडसम्मको रकम सरकारले व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। उहाँले त्यसका लागि तुरुन्त ठेक्का प्रक्रिया अघि बढाउन सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिनु भएको थियो। उहाँको निर्देशनअनुरूप नै काम अगाडि बढेको छ। त्यसका लागि सरकार र मन्त्रीज्यूप्रति हार्दिक आभार,’ बलायरले बताए।

यस्तै, विज्ञ सल्लाहकार रावतका अनुसार डोटीको दिपायलसम्म पुग्ने सडकको बाँकी १७ किलोमिटरको ठेक्का आह्वान गर्न लगभग १३० करोड स्रोत सुनिश्चितताका लागि पूर्वाधार विकास मन्त्रीस्तरीय निर्णय गरी अर्थ मन्त्रालय पठाइएको छ।

रास्वपा डोटीका सहसचिव एवं संगठन विभाग प्रमुख डिल्लीराज भट्टले मन्त्री लम्सालले स्रोत सुनिश्चितताको काम तुरुन्तै हुने आश्वासन दिएको बताए।

‘उहाँले हामीलाई ठेक्का सूचना आह्वान भएपछि मात्र घर जानुहोला भन्नु भएको थियो। आज बोलाएर अब तपाईंहरू ढुक्क भएर जिल्ला फर्किनुहोस्। जनताको माझमा रहेर काम गर्नुहोस्। त्यहाँका जनताको माग बोकेर तपाईं आउनु भएको थियो। त्यो प्रक्रिया अगाडि बढिसकेको छ। चाँडै स्रोत सुनिश्चितता हुन्छ भन्नु भएको छ। ठेक्काको लागि सूचना आह्वान भएसँगै अब हामी आजै घर फर्किंदैछौं,’ उनले बताए।

फास्ट ट्र्याकको काम अत्यन्तै फास्ट गतिमा अघि बढेको बताउँदै उनले यस अभियानमा साथ दिने नेपाल सरकार, पार्टी सभापति रवि लामिछाने, केन्द्रीय सदस्य जानीका जोशी, पूर्वाधार मन्त्रालय, डोटेली नागरिक, सबै राजनीतिक दल, बुद्धिजीवी, युवा, महिला, नागरिक समाज तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरे। उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टको सदिच्छासमेत आफूहरूका लागि सकारात्मक रहेको बताए।

सभापति बलायरले रास्वपा डोटीले गाउँका समस्या गाउँमै सुन्ने अभियान सञ्चालन गरिरहेकोमा जनताले फास्ट ट्र्याकको विषय प्राथमिकताका साथ उठाएकाले आफूहरूले प्रधान एजेण्डाका रूपमा यसलाई अघि सारेको बताए। उनले यसपछि खप्तडको पर्यटन विकासका लागि रास्वपा डोटी केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।

Previous Post

सरकारको कार्यशैलीप्रति श्रम संस्कृति पार्टीको असन्तुष्टिः ‘झुटको राजनीति बन्द गरी परिणाममुखी काममा लाग्नुस्’

Next Post

बाढीमा अस्ट्रेलिया सरकारले देखाएको मित्रता र सहयोगप्रति प्रधानमन्त्री बालेनको कृतज्ञता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In