• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

सांसदको औचित्यमाथि एआईको चुनौतीः प्रविधिसँग प्रतिष्पर्धा गर्ने कि रूपान्तरण हुने ?

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
सांसदको औचित्यमाथि एआईको चुनौतीः प्रविधिसँग प्रतिष्पर्धा गर्ने कि रूपान्तरण हुने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खुशबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि नै प्रश्न खडा गरेको बताएकी छन् ।

बिहीवारको बैठकमा उनले प्रविधिको विकासले सांसदहरूलाई विस्थापित वा असान्दर्भिक बनाउन सक्ने भन्दै समयमै सचेत हुन सदनको ध्यानाकर्षण गराएको बताइन् । सांसद श्रेष्ठले एआईलाई एउटा यस्तो शक्ति भनेकी छन् जसलाई न त पार्टीको झण्डा चाहिन्छ, न त चुनावी क्षेत्र र कार्यकर्ता नै । उनका अनुसार एआईले सूचना संकलन, तथ्यांक विश्लेषण र नीति निर्माणमा मानिसभन्दा कैयौँ गुणा छिटो काम गर्न सक्ने क्षमता राख्छ ।

उनले बताइन्, ‘यदि एउटा मेसिनले हामीभन्दा राम्ररी जनताका समस्या बुझ्न सक्छ र छिटो समाधान दिन सक्छ भने, जनप्रतिनिधिका रूपमा हाम्रो भुमिका के रहन्छ ? एआईले हामीलाई चुनावमा हराउनु पर्दैन, उसले हामीलाई असान्दर्भिक बनाइदिए पुग्छ ।’

उनले राजनीतिक दलका परम्परागत शैलीहरू जस्तै–लामो भाषण, ठूला पोस्टर र घोषणापत्रहरू अबको एआई युगमा अर्थहीन हुनसक्ने भन्दै चेतावनी दिइन् । श्रेष्ठले एआईले सक्षम र असक्षमबीच स्पष्ट रूपमा छुटाउने भएकाले सांसदहरूले आफ्नो कार्यशैली बदल्नुपर्ने आवश्यकता औँल्याएको बताइन् । एआईलाई रोक्नु सम्भव नभएको बताउँदै उनले मानवीय जवाफदेहिता र नैतिक निर्णयको पाटो भने मानिसकै हातमा रहनेमा जोड दिइन् । एआई निर्णय लिने साधन मात्र हुनुपर्ने र त्यसको नैतिक जवाफदेहिता जनप्रतिनिधिले नै लिनुपर्ने उनले बताएकी छन् । —न्युज एजेन्सी नेपाल

Previous Post

प्रतिनिधि सभाद्वारा पूर्वसांसद घनेन्द्र बस्नेतप्रति शोक प्रश्ताव पारित

Next Post

प्रतिनिधि सभाबाट तीन वित्तीय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In