• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

वेस्ट बैंकका किसानका लागि ओलिभ (जैतुन) बाली उठाउने समय संकटपूर्णः हजारौँ रूख फँडानी

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
वेस्ट बैंकका किसानका लागि ओलिभ (जैतुन) बाली उठाउने समय संकटपूर्णः हजारौँ रूख फँडानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वेस्ट बैंकमा जैतुन बाली उठाउने मुख्य सिजन नजिकिँदै गर्दा त्यहाँका किसान गम्भीर संकटमा परेका छन्। लामो समयदेखि परिवारको जीविकोपार्जनको आधार रहँदै आएका हजारौँ जैतुनका रूखहरू पछिल्लो समय बुलडोजरको प्रयोग गरी फँडानी गरिएपछि किसान आफ्नो खेतबारीमा प्रवेश गर्नसमेत असुरक्षित महसुस गरिरहेका छन्।

प्यालेस्टिनी किसानका लागि जैतुनका रूखहरू केवल आम्दानीका स्रोत मात्र नभई पुर्खाबाट हस्तान्तरित सांस्कृतिक धरोहर र पारिवारिक एकताको प्रतीक हुन्। अक्टोबर ७, २०२३ पछि वेस्ट बैंकमा बढेको सुरक्षा नियन्त्रण, आवतजावतमाथिको प्रतिबन्ध र इजरायली बस्तीहरूको विस्तारले किसानको नियमित कृषि कार्यमा गम्भीर अवरोध पु¥याएको छ।

जैतुन तथा जैतुन तेल काउन्सिलका निर्देशक फयाद फयादका अनुसार यस वर्ष मात्रै ८ हजार ४ सयभन्दा बढी पुराना जैतुनका रूखहरू काटिएका वा उखेलिएका छन्। सन् २०१० देखि हालसम्म करिब २ लाख ५० हजार रूखहरू नष्ट भएको तथ्यांकले कृषि क्षेत्रमा परेको असरको भयावह तस्बिर प्रस्तुत गर्दछ।

स्थानीय किसान हाजेम हाफेजले आफूहरूको पुख्र्यौली सम्पत्ति र जीविकोपार्जनको एकमात्र माध्यम बिना कुनै ठोस कारण नष्ट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्यालेस्टिनी कृषि मन्त्रालयले अक्टोबर १५ लाई बाली उठाउने आधिकारिक समय तोकेको भए पनि फिल्डमा पुग्न नसक्ने अवस्थाले गर्दा किसानमा अनिश्चितता छाएको छ। द्वन्द्व र भौतिक संरचनाको विनाशका कारण पुस्तौँदेखि खेती गरिआएका किसानहरू अहिले आफ्नो उत्पादन मात्र होइन, आफ्नो जग्गाको स्वामित्व सुरक्षित राख्नसमेत संघर्ष गरिरहेका छन्।

Previous Post

गाजामा इजरायली हवाई हमलाः दुई लडाकु कमाण्डरसहित पाँच सर्वसाधारणको मृत्यु

Next Post

जापानको विपक्षी दल कोमेइतोको नेतृत्वमा मित्सुनारी ओकामोटो चयन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In