• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन
0
SHARES
0
VIEWS

चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीका जोखिमलाई न्यूनीकरण गर्न ललितपुरमा विशेष नमुना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीका विषयमा व्यावहारिक ज्ञान दिइएको हो।

दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गरेका छन्।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास सिलिन्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्ने जस्ता गलत अभ्यासले नै आगलागी निम्त्याउने बताए।

कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए। प्रशासकीय अधिकृत गणेश अधिकारी लगायत सहभागीहरूले सिलिन्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका थिए।

प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

उनले भने, ‘आज एलपीजी ग्यासबाट हुनसक्ने आगलागीजन्य विपद्को सिमुलेसन तथा डेमो प्रस्तुत गरियो। ग्यास हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भएकाले यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुन आवश्यक छ।

आजको अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान दिएको छ। विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्वपूर्ण हुन्छ।

यस कार्यक्रममा सहभागी नगरपालिकाको टोली, सुरक्षा निकाय, प्राविधिक तथा पत्रकार साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यसको वास्तविक सफलता सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पुर्‍याउन सक्नुमा हुनेछ।

सम्भव भएसम्म घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राखौँ, नियमित जाँच गरौँ र आगलागीको जोखिम न्यूनीकरण गरौँ। सिकौँ, सिकाऔँ र सुरक्षित रहौँ।’

उनले हरेक घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय–समयमा त्यसलाई रिफिल गर्न सुझाव दिएका छन्।

Previous Post

विपद्अनुसार पुनर्निर्माणको मापदण्ड पनि फरक फरक हुनुपर्छः प्राधिकरण प्रमुख उप्रेती

Next Post

चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav