• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘टालटुले सुधार होइन, नेपाल एयरलाइन्सको ‘मेगा अपरेसन’ नै आवश्यक छ’- निमित्त महाप्रवन्धक कालाखेती

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
ब्याजदरको भारले थिचिएको निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड
0
SHARES
0
VIEWS

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै संस्थालाई बचाउन वृहत् शल्यक्रिया अर्थात् ‘मेगा अपरेसन’ कै खाँचो रहेको नेतृत्वले स्पष्ट पारेको छ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझाव कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थागत पुनर्संरचनाको आवश्यकता औँल्याएका छन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निरन्तर खस्किँदो वित्तीय र व्यवस्थापकीय अवस्थाप्रति चिन्ता व्यक्त भइरहेका बेला संस्थाको नेतृत्वले अब सामान्य सुधारले नहुने निष्कर्ष निकालेको छ। कालाखेतीले निगमको समग्र प्रणालीमै गम्भीर समीक्षा र शल्यक्रिया आवश्यक रहेको बताएका छन्।

कालाखेतीले निगमभित्र देखिएका नीतिगत, व्यवस्थापकीय तथा कार्यसञ्चालनका समस्यालाई अल्पकालीन उपायबाट समाधान गर्न खोज्नु व्यर्थ हुने बताएका छन्। उनले निगमको सुधारका निम्ति विगतमा विभिन्न आयोग तथा कार्यदलहरूले बुझाएका अध्ययन प्रतिवेदनहरूको कार्यान्वयन अवस्था अत्यन्तै निराशाजनक रहेको स्वीकार गरेका छन्।

नीति तथा योजना बन्ने तर कार्यान्वयन तहमा गएर अलपत्र पर्ने पुरानै रोगका कारण वायुसेवा निगम संकटको भुमरीमा फसेको उनले बताएका छन्।

उनले भने, ‘नेपाल वायुसेवा निगमलाई टालटुले सुधारले मात्र हुँदैन। यसको समग्र सञ्चालन प्रणालीमै सुधार गरी ओभरहल तथा व्यापक सुधार गर्न आवश्यक छ। विगतका विभिन्न प्रतिवेदनले दिएका सुझावहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु पनि हाम्रो प्रमुख कमजोरी हो।’

संसदीय समितिको बैठकमा सांसदहरूले निगमको व्यवस्थापकीय अक्षमता, जहाज थन्किने समस्या र बढ्दो ऋण भारबारे गम्भीर प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै कालाखेतीले विगतका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन गर्ने सवालमा व्यवस्थापकीय र राजनीतिक दुवै तह फितलो सावित भएको स्वीकार गरेका छन्।

उनले अबका दिनमा ठोस कार्ययोजनासहित संरचनात्मक सुधारमा नगए राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धात्मक बजारमा टिकाउन असम्भवप्रायः हुने संकेत गरेका छन्।

Previous Post

नाबालिगमाथि सामूहिक बलात्कारका तीन घटनामा सर्वोच्च अदालतको चासो, दिल्ली प्रहरीसँग जवाफ माग

Next Post

नेपाल वायुसेवा निगमको पुनरुत्थानका लागि तीन वर्षे कार्ययोजना आवश्यकः सांसद डा. रेग्मी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav