• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पोखरा महानगरको भत्किएको प्रशासनिक भवन हटाउन शुरु

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
पोखरा महानगरको भत्किएको प्रशासनिक भवन हटाउन शुरु
0
SHARES
0
VIEWS

पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो मुख्य प्रशासनिक भवन भत्काउन सुरु गरेको छ ।

२०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि बेवारिसे अवस्थामा रहेको उक्त भवन भत्काउने जिम्मा सेसिका सप्लायर्सले पाएको हो । एक वर्षभन्दा बढी समयदेखि अलपत्र परेको पुरानो भवन हटाएसँगै महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रियालाई फेरि गति दिने तयारी गरेको छ ।

२०८२ को अप्रिय घटनापछि महानगरपालिकाले नयाँबजारमा मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिरेर अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ । भाडाको उच्च भार कम गर्न महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको हो ।

महानगरले सुरुमा पोखरा–१७, बिरौटामा करिब २ अर्ब रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र बनाउने योजना अघि सारेको थियो । तर संघीय र प्रदेश सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसक्नु र महानगरको आफ्नै आर्थिक स्रोतको सीमितताका कारण उक्त महत्वाकांक्षी योजना लामो समयसम्म अलपत्र परेको थियो ।

योजनामा ढिलाइ भएपछि महानगरले लागत कटौती गर्दै कार्यपालिका बैठकबाट नयाँ डीपीआर स्वीकृत गरेको छ । अब ६५ करोड रुपैयाँको अनुमानित लागतमा भवन निर्माण अघि बढाउने तयारी छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार नयाँ डीपीआरअनुसार अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्नेछ ।

यद्यपि, नयाँ भवन निर्माण भए पनि सबै सेवाहरू एकै स्थानबाट प्रवाह हुने छैनन् । योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविकको लेखनाथ नगरपालिकाको भवनबाटै सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई कस्तो असर पार्छ भन्ने विषय अझै प्रतीक्षाको विषय बनेको छ ।

Previous Post

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

Next Post

काठमाडौं महानगरपालिका वडा नम्बर ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav