• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा भएको छ ।

हाल भारतका लागि नेपाली राजदूत छैनन् । यस्तो अवस्थामा भारतका लागि नेपाली राजदूत छिटो नियुक्त गर्नुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको हो । सरकारले भारतका लागि राजदूतमा डा. निश्चलनाथ पाण्डेको नाम सिफारिस गरेको छ । पाण्डेसहित १३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

मंगलबार बसेको सुनुवाइ समितिको बैठकले राजदूतहरूविरुद्ध परेका उजुरी समिति सदस्यहरूलाई वितरण गरेको छ । साथै, प्रस्तावित राजदूतका कार्ययोजनासमेत वितरण गरिएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने मिति तय गर्ने सन्दर्भमा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे समितिमा चर्चा भएको हो ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले भने, ‘मलाई जानकारीमा भएको प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ । तर, डेट चाहिँ फिक्स भएको छैन ।’

नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिष्टले पनि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे कुरा उठाए । उनले प्रधानमन्त्रीको भारत भ्रमणबारे टुंगो लागेको भए प्रस्तावित राजदूतको सुनुवाइ छिटो गर्न सकिने बताए ।

बाँकीका हकमा समय लिएर प्राप्त उजुरी अध्ययन गरेर नै सुनुवाइ प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

प्राथमिकीकरण गरेर सुनुवाइ गर्ने प्रस्ताव गर्दै उनले थपे, ‘प्रधानमन्त्री दिल्ली जाँदै हुनुहुन्छ भने दिल्लीको राजदूतलाई प्राथमिकतामा राखेर सुनुवाइ गरौँ ।’

सुनुवाइ समितिबाट अनुमोदन भएर गएपछि पनि भारतले एग्रिमो दिनुपर्ने उनले स्मरण गरे । विगतमा कतिपय अवस्थामा एग्रिमो दिन समय लागेको र कुनै समयमा एग्रिमो नदिएका कारण अर्को नियुक्त गरेर पठाएको पनि उनले बताए ।

नेकपा एमालेकी संसदीय दलकी उपनेतासमेत रहेकी सुनुवाइ समिति सदस्य पद्मा अर्यालले प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ भने प्रस्तावित राजदूतको सुनुवाइ प्राथमिकतामा राखिनुपर्ने बताइन् ।

‘यदि प्रधानमन्त्रीको भिजिट मिलाउने सरकारको कुरा छ भने राजदूत गएर पनि त्यो सहयोग पुग्ने कुरा हो । प्रधानमन्त्रीको भिजिटका निम्ति वातावरण बनाउने काम पनि राजदूतले गर्छ । डेट फिक्स भएपछि वेलकमका लागि मात्रै जाने होइन’, उनले भनिन् ।

यस्तो अवस्थामा प्राथमिकीकरण गरेर जान सकिने र बाँकीका हकमा एकैपटक सुनुवाइ गर्न सकिने प्रस्ताव राखिन् ।

रास्वपा सांसद दीपक बोहराले प्रधानमन्त्रीको भ्रमण हुँदा सम्बन्धित देशमा राजदूत हुनुपर्ने बताए । साथै, अन्य मुलुकमा समेत राजदूत हुँदा कतिपय समस्यामा परेका नेपालीले राहत महसुस गर्न सक्ने बताए ।

कतिपय खाडी मुलुकमा जेलमा रहेका नेपालीसमेत राजदूत गएको खण्डमा पहल हुँदा दसैँअघि नै नेपाल फर्किनसक्ने वातावरण बन्ने भन्दै राजदूत जतिसक्दो चाँडो नियुक्त गरेर पठाउनुपर्ने आग्रह गरे ।

छलफलपछि समितिले यही असोज २६, २७ र २८ गते सुनुवाइका लागि समय तय गरेको छ । तय गरिएको मितिमा १३ जना प्रस्तावित राजदूत सबैको सुनुवाइ हुनेछ ।

Previous Post

ओलीले जारी गरे अपानि–३, विद्याको जिम्मेवारी र भूमिका खुल्यो

Next Post

सरकारले अध्यादेशमार्फत मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन परिमार्जन गर्ने विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर कानुन निर्माण गर्न लागिएको कानुनमन्त्री गौतमको भनाइ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In