• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एआईजी दाहालसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
एआईजी दाहालसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटालाई प्रहरीले हिरासतमा राखेको छ । असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

झापा घर भएका सापकोटालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताएका छन् ।

उनले भने, ‘उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ ।’

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सापकोटासँग निरन्तर सम्पर्क भएको देखिएको थियो । त्यसपछि सापकोटा पक्राउ परेका हुन् ।

सापकोटासँग सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालसँग पनि सम्पर्क देखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताएका छन् । असोज ११ गते बिहान जबरालाई भेट्न एआईजी दाहाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको खुलेको छ ।

प्रहरीले सुरक्षा चुनौती देखेर नियन्त्रणमा लिएको बताएपछि जबरा र उनीसँग सम्पर्कमा देखिएकाहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । निलम्बित एआईजी दाहालमाथि गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेर घटनाबारे छानबिन गरिरहेको छ ।

दाहालले कस्तो सूचना चुहाए भन्नेबारे खुलेको छैन । इनमसँग पूर्वप्रधानन्यायाधीश जबरा, एआईजी दाहाल, पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको समेत सम्पर्क देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

जबरालाई नियन्त्रणमा लिएर उनको मोबाइल जाँच गर्दा बाक्लो सम्पर्क देखिएपछि प्रहरीले इनमलाई खोजेको थियो । जबराको मोबाइल उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापा र डीएसपी योगराज खतिवडाले जाँच गरेका थिए ।

इनमको मोबाइल जाँच गर्दा थप तथ्य खुलेको प्रहरी अधिकारीहरूले बताएका छन् । इनमले प्रहरी अधिकृतहरूसँग चोलेन्द्र शमशेर जबराले आफूलाई प्रयोग गरेको दाबी गर्दै आएका छन् ।

इनमलाई प्रयोग गरेर जबराले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा सहजीकरण गर्न खोजेको आशंका गरिएको छ ।

प्रहरी स्रोतका अनुसार चोलेन्द्रले भनेअनुसार इनमले ‘बिचौलिया’को भूमिका निर्वाह गर्दै आएका थिए । पछिल्लो समय भट्ट र अग्रवालको मुद्दा सल्टाउन उनीहरूसँग पुलको काम सापकोटाले गरेको देखिएको प्रहरी स्रोतको दाबी छ । कारागारबाट भट्टले उनलाई फोन गरेको विवरणसमेत प्रहरीले फेला पारेको छ ।

Previous Post

सरकारले अध्यादेशमार्फत मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन परिमार्जन गर्ने विपद् व्यवस्थापनलाई केन्द्रमा राखेर कानुन निर्माण गर्न लागिएको कानुनमन्त्री गौतमको भनाइ

Next Post

राजपा नेपाल जसपा नेपालमा समाहित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In