काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।
कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १ हजार २९३ मत खसेको छ ।
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ ।
दुई घण्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा खसेको मतको विवरण हो यो । मधेश प्रदेशको भने विवरण आइसकेको छैन ।
मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।
कुन प्रदेशमा कति मत खस्यो ?
- कोशी : २२२
- सुदूरपश्चिम र कर्णाली : २५७
- लुम्बिनी : २०२
- गण्डकी : १८८
- बागमती : २१७