• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

हुलाक कर्मचारीलाई सिडिओ पौडेलले भने : उच्च मनोबलका साथ काम गर्नुस्

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
हुलाक कर्मचारीलाई सिडिओ पौडेलले भने : उच्च मनोबलका साथ काम गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचारबाट टाढा रहेर इमानदारीपूर्वक काम गर्न हुलाकका कर्मचारीलाई सिडियो पौडेलको आग्रह

रौतहट, २३ असोज । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मीप्रसाद पौडेलले हुलाक सेवामा कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ इमानदारीपूर्वक काम गर्न आग्रह गरेका छन्।

१५२औँ विश्व हुलाक दिवसका अवसरमा जिल्ला हुलाक कार्यालय रौतहटले आयोजना गरेको कार्यक्रममा बोल्दै सिडियो पौडेलले भ्रष्टाचारबाट आर्जित सम्पत्तिले भविष्य सुरक्षित नहुने उल्लेख गर्दै कर्मचारीलाई अनियमितताबाट टाढा रहन आग्रह गरे। सरकारले हुलाक सेवालाई सर्वव्यापी र प्रभावकारी बनाउने प्रयास गरिरहेको भन्दै उनले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

‘एक हुलाक सञ्जाल, अनन्त सम्भावनाहरू’ भन्ने नाराका साथ अक्टोबर ९ मा मनाइएको दिवसमा हुलाक अधिकृत देवनाथ यादवले परम्परागत चिठीपत्रमा सीमित हुलाक सेवा डिजिटल युगअनुसार विस्तार भइरहेको बताए। उनले नागरिकको घरदैलोसम्म पार्सल पुर्‍याउने तथा ग्रामीण र दुर्गम क्षेत्रमा सरकारी कागजात र सूचना आदानप्रदानलाई सहज बनाउने काममा हुलाक सेवाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

दिवसका अवसरमा आयोजित लेखरचना प्रतियोगितामा परोहा नगरपालिका–२ का पंकजप्रसाद पटेल प्रथम, दिव्य दृष्टि एकेडेमीकी अनन्या सिंह द्वितीय र चण्डिया आधारभूत विद्यालयका सुवास तिवारी तृतीय भए। उनीहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो।

त्यस्तै, हुलाक सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिएको थियो। एक वर्षमा ४ हजार ५०० चिठीपत्र वितरण गर्ने हलकार जानुका कार्की तथा कार्यालय सञ्चालन र व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै खरिदार सविन्द्र बैठालाई पनि सम्मान गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो। स्वागत मन्तव्य रागनी कुमारीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन वसन्त झाले गरेका थिए।

 

Previous Post

बालबालिकाको दृष्टि जोगाउन अभिभावकलाई तिलगंगाको आग्रह, वर्षमा एकपटक आँखा जाँच्न सुझाव

Next Post

दिगो प्याकेजिङ र हरित ब्यवसायका पाँच पुरूष्कृत

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In