• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २५ असोज । गोरखाको बुढीगण्डकीमा आएको भीषण बाढीले दुईवटा पुलसहित ३५ वटा घर बगाएको छ । आइतबार बिहान साढे ६ बजे लेदो र गेग्रानसहितको बाढी अहिले गोरखाको आरुघाट आइपुग्दैछ ।

बाढीले बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रका घरमा पसेको बाढीले करिब १५० घरमा क्षति पुर्‍याएको छ । बाढीले घरहरूमा क्षति पुर्‍याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको उनले बताएका छन् ।

पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भदौ १० को भोटेकोशी र आइतबारको बुढीगण्डकीको बाढीको उद्गमस्थलको आकाशीय दूरी बढीमा ७० किलोमिटर देखिन्छ । अर्थात् ४७ दिनको अन्तरालमा नजिकैको स्थानमा दुई ठूला जलवायुजन्य विपद् भएका छन् । भोटेकोशी बाढीको कारण हिमचट्टान पहिरो थियो भने यसको चाहिँ स्थान र कारण यकिन हुन बाँकी छ । तर, स्थानीय तहमा बुझ्दा बुढीगण्डकीको स्रोतभन्दा पनि यस नदीमा मिसिने सानो नदीबाट ठूलो बाढी आएको भन्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गोरखाको उत्तरी भेगमा वर्षाको कुनै रेकर्ड नभएको जनाएको छ । तर पनि यसरी भीषण बाढी आउनुलाई सामान्य मानिएको छैन ।

स्थानीयवासी, गोरखाको माथिल्लो भेग बुझेका जानकारहरू र काठमाडौंमा उपलब्ध स्रोतहरूले बिही र चुमचेतको बीचमा पहिरो गएको र स्यार खोला थुनिएको, त्यसले बनाएको ताल चुम्लिङ नजिकसम्म विस्तार भएको, बाँध फुटेर बगेको डेब्रिज फ्लडले कटान गरी स्यार र बुढीगण्डकी दोभानमा अर्को पहिरो झर्दा पुनः दोस्रो ड्याम बनेको, माथिल्लो र तल्लो ड्याम थुनिने र भरिने गरेका कारण पटकपटक बाढी चलिरहेको बताएका छन् ।

Previous Post

साउदीको रियाद विमानस्थलमा हुथीको आक्रमण, १२ जना मारिए

Next Post

बुढीगण्डकीमा आकस्मिक बाढी, गोरखा र धादिङमा ठूलो क्षति; तल्लो तटीय क्षेत्रमा सतर्कता

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In