• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एडिलेड नेपाल फेस्टिभलमा साउथ अस्ट्रेलियाका प्रिमियर सहभागी हुने, सरकारबाट ३० हजार डलर सहयोग

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
एडिलेड नेपाल फेस्टिभलमा साउथ अस्ट्रेलियाका प्रिमियर सहभागी हुने, सरकारबाट ३० हजार डलर सहयोग
0
SHARES
0
VIEWS

एडिलेड, अस्ट्रेलिया । नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी तीव्र पारिएको छ। आगामी नोभेम्बर २८ मा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने फेस्टिभलको उद्घाटन समारोहमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस सहभागी हुने भएका छन्।

एनआरएनए साउथ अस्ट्रेलियाले पत्रकार सम्मेलनमार्फत यस वर्षको कार्यक्रममा प्रिमियर पहिलोपटक प्रमुख अतिथिका रूपमा उपस्थित हुन लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले प्रिमियरको सहभागितालाई अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे। कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने उनले बताए।

फेस्टिभल आयोजनाका लागि साउथ अस्ट्रेलिया सरकारले बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत ३० हजार अस्ट्रेलियन डलर उपलब्ध गराएको छ। आयोजकका अनुसार महोत्सव सञ्चालन र व्यवस्थापनमा एक लाख ७० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

आयोजनाको करिब ९० प्रतिशत तयारी पूरा भइसकेको र कार्यक्रममा १५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको संयोजक गुरुङले जानकारी दिए। महोत्सवमा नेपाली राष्ट्रिय कलाकार रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने अन्य कलाकारहरूको विवरण पनि छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

२० उपसमितिमार्फत तयारी, सुरक्षा व्यवस्थापनलाई प्राथमिकता

महोत्सवमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षासहित आयोजकले व्यवस्थापन र सुरक्षाका लागि २० वटा उपसमिति गठन गरेको छ। ती समितिलाई विभिन्न जिम्मेवारी बाँडफाँट गरी तयारीमा परिचालन गरिएको छ।

एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले सबै उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए।

उनका अनुसार कार्यक्रम सञ्चालन, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था र मञ्च व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिइएको छ। महोत्सव सफल बनाउन विभिन्न नेपाली संघसंस्था, व्यवसायी, प्रायोजक तथा समुदायका सदस्यहरूसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिए।

नेपाल फेस्टिभललाई अस्ट्रेलियामा हुर्किरहेका नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने तथा अन्य समुदायमाझ नेपालको मौलिक पहिचान चिनाउने साझा अवसरका रूपमा लिइएको छ।

आयोजकले साउथ अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपाली संस्कृतिमा रुचि राख्ने अस्ट्रेलियाली र अन्य समुदायलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

Previous Post

मधेसको राजनीतिमा नयाँ पुस्ताको दाबी बलियो, पुराना नेतृत्वमाथि दबाब बढ्दै

Next Post

कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९-४ बजेसम्म खुल्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav