• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कटअफ समय नाघेपछि सुदूरपश्चिम–विराटनगर खेल, एनपीएलको नियममाथि उठे प्रश्न

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
कटअफ समय नाघेपछि सुदूरपश्चिम–विराटनगर खेल, एनपीएलको नियममाथि उठे प्रश्न
0
SHARES
1
VIEWS

१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु हुनुअघि भएको ढिलाइ र विवादले प्रतियोगिताको नियम कार्यान्वयनबारे प्रश्न खडा गरेको छ। निर्धारित समयभन्दा निकै ढिलो गरी राति ९:१५ बजे खेल सुरु भएको थियो।

दिनभर परेको वर्षाका कारण पहिलो खेल रद्द भएपछि दोस्रो खेल पनि हुने सम्भावना न्यून देखिएको थियो। तर, ग्राउन्ड्सम्यानले मैदान तयार पार्न निरन्तर काम गरेपछि साँझ मौसममा सुधार आयो। मैदानको अवस्थाबारे निरीक्षण गरेपछि खेल अधिकारीहरूले पाँच ओभरको खेल सञ्चालन गर्ने निर्णय गरे।

यसका लागि साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरिएको थियो। दुवै टोलीका कप्तान पनि छोटो खेल खेल्न सहमत भएका थिए। तर, निर्धारित समयमा टस हुन सकेन। विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदान पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएनन्।

सुदूरपश्चिमका विदेशी खेलाडी खेल्न अनिच्छुक रहेको विषय सार्वजनिक भएपछि खेल सुरु हुने प्रक्रियामा अन्योल थपिएको थियो। त्यसपछि सुदूरपश्चिमका व्यवस्थापक सुनिल थापा, प्रशिक्षक मिसबाह उल हक र कप्तान ऐरीले क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का र म्याच रेफ्री वेन्डल लाब्रोएसँग लामो छलफल गरेका थिए। यसअघि दीपेन्द्रले बाउन्ड्री क्षेत्रमा पुगेर पारससँग पनि कुराकानी गरेका थिए।

छलफलका क्रममा सुदूरपश्चिमका खेलाडी र प्रशिक्षक एकपटक मैदानबाट बाहिरिएर ड्रेसिङ रुम फर्किएका थिए। एक घण्टाभन्दा बढी समयको अन्योलपछि राति ८:५४ बजे टोली खेल्न तयार भएको जानकारी आएको थियो। त्यसपछि राति ९ बजे टस गर्ने र ९:१५ बजे खेल सुरु गर्ने सहमति भयो।

खेल ढिला हुनुको विस्तृत आधिकारिक कारण दुवै पक्षले सार्वजनिक गरेका छैनन्। तर, मैदानको आउटफिल्ड केही भिजेको अवस्था र विदेशी खेलाडीको असहमतिलाई लिएर छलफल भएको मैदानमा देखिएको थियो।

कटअफ समय सकिएपछि पनि खेल सञ्चालन

शनिबारको घटनामा मुख्य प्रश्न निर्धारित कटअफ समयपछि खेल सुरु गर्ने निर्णयलाई लिएर उठेको छ। पाँच ओभरको खेलका लागि सुरुमा साँझ ७:४१ बजे खेल प्रारम्भ गर्ने समय तोकिएको थियो। तर, उक्त समयमा खेल हुन नसकेपछि राति ९:१५ बजे खेल सुरु गरियो। यसरी प्रारम्भिक समयभन्दा करिब डेढ घण्टा ढिलो खेल सञ्चालन भएको थियो।

प्रतियोगिताको नियमअनुसार कटअफ समय समाप्त भएपछि खेल गराउन मिल्ने वा नमिल्ने विषयमा प्रश्न उठे पनि विशेष परिस्थितिमा ढिलाइ गरेर खेलाइएको बताइएको छ।

क्यानका सचिव पारस खड्काले खेलपछि प्रतिक्रिया दिँदै म्याच रेफ्री र अम्पायरले मैदान खेलका लागि योग्य रहेको निर्णय गरिसकेपछि खेल सञ्चालन हुनुपर्ने बताएका थिए। उनका अनुसार विदेशी खेलाडीहरू खेल्न तयार नभएपछि सुदूरपश्चिमलाई सहभागी गराउन छलफल गर्नुपरेको थियो।

पारसले भने, “म्याच रेफ्री र अम्पायरले मैदानको अवस्था खेल्न योग्य छ भनेर निर्णय गरिसकेपछि खेल्नुपर्छ। प्राविधिक रूपमा खेल हुनुपर्ने थियो। विदेशी खेलाडी खेल्न तयार नभएपछि हामीले उहाँहरूलाई आग्रह गर्‍यौँ। त्यसैले समय लागेको हो।”

उनका अनुसार टोलीले खेल्न अस्वीकार गरेको अवस्थामा नियमअनुसार खेल गुमाउनुपर्ने अर्थात् फोरफिटको अवस्था पनि आउन सक्थ्यो। तर, विवाद थपिन नदिन क्यानले सुदूरपश्चिमलाई खेलमा सहभागी गराउने प्रयास गरेको थियो।

“सिधै फोरफिट गराउन पनि सकिन्थ्यो। तर, विवाद नहोस् भनेर हामीले सकेसम्म उहाँहरूलाई खेल्न आग्रह गर्‍यौँ,” पारसले बताएका थिए।

उनले क्रिकेटका नियम कुनै एक टोली वा खेलाडीका लागि मात्र नभई सबैका लागि समान हुने धारणा पनि राखेका थिए।

रदरफोर्डको फिल्डिङमा पनि अम्पायरको हस्तक्षेप

लामो छलफलपछि खेल सुरु हुने टुङ्गो लागे पनि मैदानमा अर्को विषयले ध्यान खिच्यो। खेलको पहिलो बल फ्याँकिनुअघि नै सुदूरपश्चिमको फिल्डिङ व्यवस्थापनमा अम्पायरले हस्तक्षेप गर्नुपरेको थियो।

सुदूरपश्चिमले वेस्ट इन्डिजका खेलाडी शेरफेन रदरफोर्डलाई सुरुवातमा मैदानमा उतारेको थिएन। उनको सट्टा टेक रावतले फिल्डिङ गरिरहेका थिए। अम्पायरले रदरफोर्डलाई मैदानमा आउन निर्देशन दिएपछि उनी फिल्डिङमा सहभागी भएका थिए। खेलका सुरुवाती तीन ओभरमा उनी खल्तीमा हात राखेर मैदानमा उभिएको देखिएको थियो।

विदेशी खेलाडीको सहभागितालाई लिएर खेलअघि नै विवाद उत्पन्न भएको अवस्थामा रदरफोर्डको फिल्डिङसम्बन्धी घटनाले सुदूरपश्चिमको तयारीबारे थप जिज्ञासा सिर्जना गरेको थियो।

विराटनगर खेल्न तयार थियो : सन्दीप

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले भने आफ्नो टोली सुरुदेखि नै खेल्न तयार रहेको बताएका छन्। उनका अनुसार नेपाली र विदेशी सबै खेलाडी खेल सञ्चालनका लागि तयार थिए र खेल अधिकारीहरूको निर्णय स्वीकार गर्ने पक्षमा टोली रहेको थियो।

सन्दीपले भने, “हाम्रा नेपाली र विदेशी खेलाडीहरू पनि खेल्न पूर्ण रूपमा तयार थिए। हामी खेल्न चाहन्थ्यौँ। तर, अधिकारीहरूले जे निर्णय गर्नुहुन्छ, त्यसलाई पालना गर्ने हाम्रो धारणा थियो।”

उनले वर्षाका कारण लामो समयसम्म मैदानमा बसेर खेलको प्रतीक्षा गरेका दर्शक र खेल सञ्चालनका लागि मैदान तयार पार्न खटिएका ग्राउन्ड्सम्यानको मेहनतलाई पनि महत्त्व दिनुपर्ने बताए।

उनका अनुसार दिउँसोदेखि रातिसम्म रङ्गशालामा बसेर टोलीलाई साथ दिने दर्शक र मैदान खेल्न योग्य बनाउन निरन्तर खटिएका कर्मचारीको योगदानको सम्मान हुनुपर्छ।

सन्दीपले विपक्षी टोलीका विदेशी खेलाडी खेल्न तयार नभएको हुन सक्ने बताए पनि त्यसबारे आधिकारिक जानकारी सम्बन्धित खेल अधिकारीबाटै आउनुपर्ने धारणा राखेका थिए।

नियम कार्यान्वयनबारे क्यानले स्पष्ट पार्नुपर्ने

शनिबारको घटनाले मैदानको अवस्था, खेलाडीको सुरक्षा र प्रतियोगिताका नियमबीचको सम्बन्धलाई फेरि चर्चामा ल्याएको छ। मैदान खेलका लागि उपयुक्त छ वा छैन भन्ने निर्णय म्याच रेफ्री र अम्पायरले गर्ने भए पनि निर्धारित कटअफ समयपछि खेल सञ्चालन गर्ने आधारबारे भने स्पष्टता आवश्यक देखिएको छ।

विदेशी खेलाडीले मैदानको अवस्थाप्रति असहमति जनाएका हुन् भने त्यसको प्राविधिक आधार र खेल सञ्चालनमा देखिएको ढिलाइको कारण पनि सार्वजनिक हुनुपर्ने प्रश्न उठेको छ।

क्रिकेटका नियम सबै टोलीका लागि समान हुने क्यान सचिव पारसको भनाइसँगै शनिबारको घटनामा कुन नियम कसरी लागू गरियो भन्ने विषयमा क्यानले आधिकारिक धारणा सार्वजनिक गर्नु आवश्यक देखिएको छ। यसले आगामी खेलमा यस्ता विवाद दोहोरिन नदिन र प्रतियोगिताको नियमप्रति विश्वास कायम राख्न सहयोग पुग्न सक्छ।

 

Previous Post

शुक्लाफाँटाका जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिने

Next Post

न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav