• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाल आए ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया भ्रमण गर्ने

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
नेपाल आए ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया भ्रमण गर्ने
0
SHARES
0
VIEWS

१५ कात्तिक, काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल माध्यममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, साहसिक पर्यटन तथा स्थानीय जीवनशैली विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित नेपाल ल्याइएको हो ।

उनीहरूमध्ये यूएई र ट्युनिसियाका तीन जना क्रिएटर फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई पर्यटन बोर्डले पोखरामा स्वागत गरेको थियो भने अन्य क्रिएटरलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

नेपाल भ्रमणका क्रममा क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् । ती गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन, पर्यटन गतिविधि र आकर्षण समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार पारेर टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

यसबाट नेपाललाई विश्व बजारमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताए ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा चिनाउने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपेरियन्स’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ ।

वरिष्ठ प्रबन्धक थपलियाका अनुसार अभियानमा स्वदेशी तथा विदेशी कन्टेन्ट क्रिएटरलाई सहभागी गराई नेपालका विभिन्न गन्तव्यको प्रत्यक्ष अनुभवका आधारमा सामग्री निर्माण गर्न प्रोत्साहित गरिँदै आएको छ । उनीहरूले तयार पारेका सामग्री टिकटकमार्फत प्रचार गरिनेछ । सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा पर्यटन बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका अन्य सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत पर्यटकीय गन्तव्यको प्रचार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

यसपटकको भ्रमणमा बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय स्थलमा केन्द्रित रहेर सामग्री तयार पार्नेछन् ।

फ्रान्सका जेरेमी ब्युडेटले चितवन पुगेर वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन् । त्यस्तै, पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमा प्रस्तुत गर्नेछन् ।

भ्रमणका क्रममा क्रिएटरहरूले पर्यटकीय गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक पक्षसँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले अनुभव गर्न सक्ने मौलिक विशेषतालाई पनि समेट्ने थपलियाले बताए ।

डिजिटल माध्यमबाट गरिने यस्तो प्रचारले वास्तविक यात्रा अनुभव, आकर्षक दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ । विशेषगरी युवापुस्तामाझ लोकप्रिय टिकटकका छोटा भिडियोले नयाँ पर्यटकीय गन्तव्यको पहिचान बढाउन र भ्रमणको निर्णय लिन पर्यटकलाई सहयोग पुर्‍याउन सक्ने विश्वास बोर्डको छ ।

डिजिटल प्लेटफर्म र सिर्जनात्मक सामग्रीलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउँदै आएको बोर्डले अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारसम्म पुर्‍याउने रणनीतिका रूपमा अघि बढाएको छ ।

यस अभियानबाट पोखरा, चितवन र बर्दियाको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुनुका साथै स्थानीय पर्यटन व्यवसाय तथा समुदायले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

Previous Post

नेतान्याहुसँग संवादपछि ट्रम्पको चेतावनी : इरानका केही सैन्य अखडा अझै निशानामा

Next Post

प्रतिबन्ध र नाकाबन्दीबीच इरानको सैन्य खरिद सञ्जाल सक्रिय, २ अर्ब डलरभन्दा बढीका सामग्री आयात

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav