• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउनुपर्छ : सभापति गजुरेल

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउनुपर्छ : सभापति गजुरेल
0
SHARES
0
VIEWS

सडकमा प्रहरी उभ्याएर सवारी नियन्त्रण गर्ने परम्पराको सट्टा स्मार्ट ट्राफिक प्रणाली लागू गर्ने तयारी

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारीसाधन व्यवस्थापन गर्ने परम्परागत शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित स्मार्ट प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने योजना अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीको भूमिका चोकमा उभिएर सवारीसाधनलाई संकेत गर्नेमा मात्र सीमित हुनुहुँदैन । नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने र सडक सुरक्षाबारे नागरिकलाई सचेत बनाउने काममा प्रहरीले बढी ध्यान दिनुपर्छ ।

गजुरेलले उपत्यकामा बिग्रिएका ट्राफिक बत्ती मर्मत गर्ने र आवश्यक स्थानमा नयाँ बत्ती जडान गर्ने काम भइरहेको बताए । साथै, ट्राफिक नियन्त्रण कक्षलाई पनि थप व्यवस्थित र आधुनिक प्रविधियुक्त बनाउने तयारी रहेको उनको भनाइ छ ।

कार्यक्रममा आकाशे पुल निर्माणको आवश्यकताबारे उठेको प्रश्नको जवाफ दिँदै उनले स्मार्ट ट्राफिक लाइट प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सके पैदलयात्रुले सडक पार गर्न आकाशे पुलमै निर्भर हुनुपर्ने अवस्था कम हुने बताए ।

विकसित मुलुकहरूमा समेत आकाशे पुलको प्रयोग तुलनात्मक रूपमा कम हुने गरेको उल्लेख गर्दै गजुरेलले अबको प्राथमिकता इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टममा लगानी बढाउनु रहेको बताए । यद्यपि, आवश्यक देखिएका स्थानमा आकाशे पुल निर्माण भने निरन्तर अघि बढ्ने उनले स्पष्ट पारे ।

त्यस्तै, सडकमा खटिने ट्राफिक प्रहरीका लागि पर्याप्त विश्रामस्थल, पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध नभएको विषयमा पनि आफू गम्भीर रहेको उनले बताए । घामपानीको पर्वाह नगरी ड्युटी गर्ने प्रहरी कर्मचारीका लागि आवश्यक सुविधा सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

Previous Post

गण्डकीको स्वास्थ्य सेवामा सुधार : एकैपटक ४६ चिकित्सक नियुक्त

Next Post

एफएनसिसिआईको पत्रकार सम्मेलन (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav