• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘मोदी सत्ताबाट हटे मात्रै लोकतन्त्र सुरक्षित हुन्छ’ : कांग्रेस अध्यक्ष खड्गे

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
‘मोदी सत्ताबाट हटे मात्रै लोकतन्त्र सुरक्षित हुन्छ’ : कांग्रेस अध्यक्ष खड्गे
0
SHARES
0
VIEWS

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदमुक्त नगरेसम्म आन्दोलन जारी राख्ने खड्गेको चेतावनी

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकामाथि प्रश्न उठाउँदै सरकारविरुद्ध आन्दोलन जारी राख्ने बताएका छन् ।

नयाँदिल्लीस्थित रामलीला मैदानमा आयोजित ‘भोट बचाओ, देश बचाओ’ र्‍यालीलाई सम्बोधन गर्दै खड्गेले सत्तारूढ नेतृत्वले युवा, महिला तथा दलित समुदायको मताधिकार प्रभावित पार्न खोजेको आरोप लगाए ।

उनले मोदी र शाहमाथि नागरिकको मताधिकार खोस्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको विरोधमा आफूहरू सडकमा उत्रिएको बताए ।

प्रधानमन्त्री मोदीले आफू निकट व्यक्तिलाई मुख्य निर्वाचन आयुक्त नियुक्त गरेर मतदाताको मत विभाजन तथा अधिकारमाथि हस्तक्षेप गरिरहेको खड्गेको आरोप थियो । उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउनुपर्ने मागसमेत दोहोर्‍याए ।

‘ज्ञानेश कुमारलाई पदबाट नहटाएसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ उनले भने ।

खड्गेले ज्ञानेश कुमार जहाँ लुके पनि खोजेर बाहिर ल्याउने अभिव्यक्ति दिएका छन् । साथै, प्रधानमन्त्री मोदीले सीबीआई र प्रवर्तन निर्देशनालय (ईडी) जस्ता सरकारी अनुसन्धान निकाय प्रयोग गरेर विपक्षीलाई डराउन खोजेको आरोप लगाउँदै आफूहरू दबाबमा नपर्ने बताए ।

उनले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार गठन प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् । बिहार र उत्तर प्रदेशलगायतका राज्यमा सरकार गठन गर्दा जनादेशको दुरुपयोग भएको दाबी गर्दै खड्गेले ती सरकारलाई ‘चोरी गरेर बनेका सरकार’ को संज्ञा दिए ।

‘यो लडाइँ सत्तामा रहेका चोरहरूलाई हटाउने हो । मोदी सत्ताबाट बाहिरिए मात्रै लोकतन्त्र जोगिन्छ,’ उनले सम्बोधनका क्रममा भने ।

खड्गेले लोकतन्त्र र संविधानको संरक्षणका लागि विपक्षी दल तथा आम नागरिकलाई एकजुट हुन आह्वान गरेका छन् । संविधान र जनताको मताधिकारको रक्षाका लागि सामूहिक रूपमा संघर्ष गर्नुपर्ने उनको भनाइ थियो ।

Previous Post

भैरहवा भन्सारको राजस्व लक्ष्यभन्दा १४ प्रतिशत बढी, तीन महिनामै ३३ अर्ब सङ्कलन

Next Post

‘रामायण : राइज अफ अ लेजेन्ड’ का पाँच विशेषता : रणवीर राम, यश रावण र ह्यान्स जिम्मर–एआर रहमानको सांगीतिक सहकार्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav