सुर्खेत, १६ कात्तिक । कालिकोटबाट कलाकारिता क्षेत्रमा जमेका तिलागुफा नगरपालिका–३ निवासी ३७ वर्षीय खगेन्द्र न्यौपाने काठमाडौंबाट पक्राउ परेका छन्।
‘विहीबार ती युवतीले साइबर क्राइमअन्तर्गत जाहेरी दिनुभएको थियो,’ उनले बताए, ‘उक्त जाहेरीअनुसार न्यौपानेलाई काठमाडौंको डेराबाटै नियन्त्रणमा लिएका हौँ। उनलाई कालिकोट ल्याउने तयारी भइरहेको छ।’
यादवका अनुसार सामाजिक सञ्जालमा न्यौपानेले ती युवतीको अश्लील भिडिओ सार्वजनिक गरेको युवतीले जाहेरीमा दाबी गरेकी छन्। उनलाई काठमाडौंबाट कालिकोट ल्याइसकेपछि म्याद थप गर्ने र त्यसपछि अनुसन्धान गर्ने उनको भनाइ छ।
