काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका छन्। प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा उनी सोमबार कतार एयरवेजको उडानमार्फत काठमाडौं आएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन्। सभामुखको सचिवालयले उनको नेपाल आगमनबारे जानकारी दिएको हो।
नेपाल भ्रमणका क्रममा अध्यक्ष पेजले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
