• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अपि हिमाल पर्यटन उत्सव आयोजना हुँदै, पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आयआर्जनमा जोड

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
अपि हिमाल पर्यटन उत्सव आयोजना हुँदै, पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आयआर्जनमा जोड
0
SHARES
1
VIEWS

काठमाडौं । सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित दार्चुलाको अपिहिमाल गाउँपालिकाले तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ ।

कात्तिक १७ गते मंगलबारदेखि १९ गतेसम्म गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा उत्सव आयोजना हुनेछ । उत्सवमार्फत अपि हिमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्यको सूचीमा अपि हिमाल समावेश भए पनि पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । त्यसैले उत्सवमार्फत पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको उनले बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनामार्फत पनि विगत केही वर्षदेखि अपि हिमालमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सन् २०२५ देखि यो परियोजनाले अपिमा पर्यटकको सङ्ख्या बढाउने, स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने र ग्रामीण अर्थतन्त्रलाई पर्यटन तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यूएनडीपीको दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले तीनदिने उत्सवलाई पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति, खेलकुद, साहित्य, पर्यटन तथा जलवायु परिवर्तनसम्बन्धी बहसका कार्यक्रम पनि समावेश गरिने बताए ।

अपि हिमाल सुदूरपश्चिमकै अग्लो हिमाल भए पनि पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै दवाडीले देशविदेशमा यसको पहिचान स्थापित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय रोजगारी र आयआर्जन बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा विगत केही वर्षदेखि काम भइरहेको बताए ।

उनका अनुसार उत्सवमा स्थानीय कला तथा संस्कृति, क्रिकेट, भलिबल, साहित्यिक महोत्सव, योग, ध्यान र जलवायु संवादका कार्यक्रम सञ्चालन गरिनेछन् । स्थानीय संस्कृति र खेलकुदलाई पर्यटनसँग जोडेर कलाकार तथा समुदायका लागि आयआर्जनका अवसर सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।

सन् २०२५ देखि अपि हिमाललाई प्राथमिकताप्राप्त पदमार्गका रूपमा अघि बढाइएको जानकारी दिँदै दवाडीले पर्यटन प्रवर्द्धनलाई एकपटकको उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका साथ अघि बढाउने तयारी रहेको बताए । यसपटकको उत्सवमा सहभागी पर्यटकबाट अपिको पर्यटन विकासका सम्भावना, समस्या र सुधारका विषयमा सुझाव तथा तथ्याङ्क सङ्कलन गरिनेछ । प्राप्त सुझावका आधारमा छुट्टै बजारीकरण रणनीति तयार गरी प्राथमिकताका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

हाल वार्षिक पाँचदेखि छ हजार स्वदेशी र करिब चारदेखि पाँच सय विदेशी पर्यटक अपि हिमाल पुग्ने गरेका छन् । आगामी केही वर्षभित्र वार्षिक ४० देखि ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको दवाडीले बताए । त्यसका लागि पूर्वाधार विकास, स्थानीयको क्षमता अभिवृद्धि र छुट्टै बजारीकरण रणनीति निर्माण गरी अपिको प्राकृतिक सौन्दर्यलाई देशविदेशमा चिनाउने योजना रहेको उनले बताए ।

दवाडीका अनुसार उत्सवको पहिलो दिन उद्घाटनसँगै स्थानीय कला, संस्कृति र नृत्य प्रस्तुत गरिनेछ । स्थानीय कलाकारको आत्मविश्वास बढाउने, परम्परागत संस्कृतिको संरक्षण गर्ने र त्यसलाई पर्यटन तथा आयआर्जनसँग जोड्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको हो ।

दोस्रो दिन धनगढी–११ र अपि–११ बीच क्रिकेट प्रतियोगितासँगै भलिबललगायत स्थानीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ । यसले अपि हिमाललाई खेल पर्यटनको गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तेस्रो दिन साहित्यिक महोत्सव, योग, ध्यान र आरोग्य पर्यटनसम्बन्धी छलफल आयोजना गरिनेछ । नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी तथा यससम्बन्धी रणनीति र कार्ययोजनालाई ध्यानमा राख्दै अपि पदमार्गलाई आरोग्यमैत्री पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना परियोजनाले अघि सारेको दवाडीले बताए ।

जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्र र पर्यटकीय गन्तव्यमा परिरहेको प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा सरोकारवालालाई सचेत गराउने उद्देश्यले उत्सवमा जलवायु संवादलगायत कार्यक्रम पनि समावेश गरिएको छ ।

परियोजनाअन्तर्गत पर्यटकका लागि आवश्यक सेवा तथा सुविधाको स्तरोन्नति गर्न स्थानीय होटल, होमस्टे र लज सञ्चालकको क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ । आवश्यक स्थानमा नयाँ सेवा केन्द्र स्थापना गर्नुका साथै पदमार्गमा सूचना बोर्ड, साइनेज, स्नो पोल मार्कर, पर्यटक विश्रामस्थल र सूचना केन्द्र निर्माण गर्ने कार्य पनि अघि बढाइएको छ ।

गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार अपि हिमालमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढेसँगै स्थानीय होटल तथा होमस्टेको सङ्ख्या र सेवा क्षमतामा वृद्धि भएको छ । होटल तथा होमस्टामा काम गर्ने कर्मचारीको सङ्ख्या बढ्नुका साथै स्थानीय गाइड, ट्रेकिङ गाइड र पोर्टरको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको उनले बताए ।

स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्न सूचना केन्द्रसँगै विभिन्न स्थानमा कोसेली घर सञ्चालन तथा प्रवर्द्धन गरिएको छ । राष्ट्रिय नाचघरसँगको समन्वयमा सांस्कृतिक प्याकेजसमेत विकास गरिएको छ । अपि हिमाललाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने प्रयास भइरहेको पनि उनले बताए ।

केही वर्षअघिसम्म अपि हिमाल पुग्ने स्वदेशी पर्यटकको सङ्ख्या निकै न्यून थियो भने विदेशी पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका थिए । अहिले वार्षिक करिब पाँच सय विदेशी पर्यटकसहित छ हजार हाराहारी पर्यटक अपि हिमाल पुग्ने गरेको गाउँपालिकाले जनाएको छ ।

पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, होमस्टे, गाइड तथा अन्य सेवा प्रदायकको आम्दानीमा वृद्धि भएको छ । पर्यटनसँग सम्बन्धित रोजगारीका अवसरसमेत विस्तार हुँदै गएको गाउँपालिकाको भनाइ छ ।

Previous Post

कर्णाली याक्सले काठमाण्डू गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

Next Post

रौतहटमा तीन खुट्टा भएको बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजाने तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav