• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सर्वोच्चको पूर्ण बैठकले चार घण्टा रोकियो सुनुवाइ, २२५ मुद्दा प्रभावित

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
न्यायिक कामबाट विचलित नहुन न्यायाधीशलाई सर्वोच्च फूलकोर्टको आग्रह
0
SHARES
0
VIEWS

काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फुलकोर्ट) लामो समयसम्म चलेपछि सोमबार अदालतका आठवटा इजलासको नियमित सुनुवाइ करिब चार घण्टा प्रभावित भएको छ। यसका कारण दैनिक पेसी सूचीमा रहेका २२५ वटा मुद्दाको सुनुवाइ निर्धारित समयमा हुन सकेन।

बिचौलिया इनम सापकोटा प्रकरणमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको भूमिकामाथि प्रश्न उठेपछि इजलास गठनका लागि गोला प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा न्यायाधीशहरूको आकस्मिक पूर्ण बैठक बोलाइएको थियो।

बिहान ९ बजे सुरु भएको बैठक दिउँसो सवा १ बजेसम्म चलेको थियो। बैठकका कारण बिहानैदेखि सुनुवाइको प्रतीक्षामा रहेका सेवाग्राही, दुवै पक्षका कानुन व्यवसायी तथा सरकारी वकिल प्रभावित भएका थिए।

बिहान १० बजे नै आफ्नो मुद्दाको सुनुवाइका लागि अदालत पुगेका कानुन व्यवसायीहरू लामो समयसम्म इजलास नबस्दा अन्योलमा परेका थिए। कानुन व्यवसायी कीर्तिनाथ शर्माका अनुसार आफ्नो मुद्दा पेसी सूचीको सातौँ नम्बरमा रहेकाले उनी बिहानै अदालत पुगेका थिए। तर, सुनुवाइ हुने वा नहुने भन्ने निश्चित हुन नसकेको उनले बताए।

महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताले पनि इजलास चार घण्टासम्म सञ्चालन नहुँदा आफ्नो पक्षबाट बहस गर्नुपर्ने सातवटा मुद्दामा सुनुवाइ हुन नसकेको जानकारी दिए।

पूर्ण बैठक सकिएपछि दिउँसो २ बजेको चिया विश्रामपश्चात् मात्र न्यायाधीशहरू इजलासमा प्रवेश गरेका थिए। त्यसपछि सुनुवाइ सुरु भए पनि ढिलाइका कारण दिउँसो २ः५० बजेसम्म ९० वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका थिए। त्यस्तै, १० वटा मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएका थिए।

समयमै इजलास सञ्चालन हुन नसक्दा आफ्ना मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालत पुगेका सेवाग्राहीले दिनभर प्रतीक्षा र अन्योल व्यहोर्नुपरेको थियो।

 

Previous Post

मुसामाथि पेट्रोल छर्केर आगो लगाई हत्या, तीनजना पक्राउ

Next Post

अमेरिकी किसानका लागि ट्रम्प सरकारको १५ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav