• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

केही न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालय सुधार हुँदैन : खुश्बु ओली

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
केही न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालय सुधार हुँदैन : खुश्बु ओली
0
SHARES
0
VIEWS

न्यायिक क्षेत्रको समग्र पुनर्संरचना गर्न र संसद् तत्काल बोलाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका समस्या समाधानका लागि केही न्यायाधीशमाथि महाभियोग लगाउनु मात्रै पर्याप्त नहुने बताएकी छन्। उनले न्यायपालिकाको समग्र संरचना र कार्यशैलीमा सुधार आवश्यक रहेको भन्दै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेकी छन्।

सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशसमेतको नाम जोडिएर सार्वजनिक भएका घटनाले न्यायालयप्रतिको जनविश्वासमा असर परेको बताइन्।

उनका अनुसार अन्य सरकारी निकायप्रति विश्वास कमजोर भए पनि नागरिकले न्यायालयलाई अन्तिम भरोसाका रूपमा लिने गरेका छन्। तर न्यायिक क्षेत्रसँग जोडिएका पछिल्ला घटनाले सर्वसाधारणको विश्वासमा प्रश्न उठाएको भन्दै उनले व्यापक सुधारको आवश्यकता औँल्याइन्।

केही व्यक्तिलाई महाभियोग लगाएर मात्रै न्यायालयका सबै विकृति अन्त्य नहुने उनको भनाइ थियो। छानबिनबाट प्राप्त हुने प्रमाणका आधारमा राप्रपाले आफ्नो आधिकारिक धारणा तय गर्ने उल्लेख गर्दै उनले दीर्घकालीन सुधारका लागि न्यायालयको पुनर्संरचनामा जानुपर्ने बताइन्।

ओलीले न्यायालयसँग सम्बन्धित विषयलाई संसद्मा गम्भीर छलफलको एजेन्डा बनाउनुपर्ने मागसमेत गरिन्। यसका लागि सरकारले ढिलाइ नगरी संसद् अधिवेशन आह्वान गर्नुपर्ने उनको जोड थियो।

यसैगरी, प्रहरी र सरकारबीचको सम्बन्ध तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिलगायत विषयमा पनि संसद्मा छलफल हुनुपर्ने ओलीले बताइन्।

#NepalPolitics #JudicialReform #KhushbuOli #RPP #DreamNewsNetwork

Previous Post

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Next Post

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav