• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विराटनगरमा राति १० बजे व्यवसाय बन्द गर्ने निर्णयको विरोध, मुख्यमन्त्री कार्कीले जनाए आपत्ति

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
विराटनगरमा राति १० बजे व्यवसाय बन्द गर्ने निर्णयको विरोध, मुख्यमन्त्री कार्कीले जनाए आपत्ति
0
SHARES
0
VIEWS

मुख्यमन्त्री हिक्मत कार्कीले पर्यटक र नागरिकलाई चौबिसै घण्टा सुरक्षा तथा सेवा दिनुपर्ने दायित्वबाट राज्य पछि हट्न नमिल्ने बताएका छन्।

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका होटल, रेस्टुराँ, डान्सबार तथा मनोरञ्जनसम्बन्धी व्यवसाय राति १० बजेभित्र बन्द गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङको निर्णयप्रति विरोध चर्किएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा आपत्ति प्रकट गरेका छन्।

जिल्ला प्रशासनले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित एक महिनाभित्र एकीकृत मापदण्ड तयार गर्ने निर्णय गरेको छ। मापदण्ड कार्यान्वयनमा नआएसम्म भने व्यवसायीले तत्काल पालना गर्नुपर्ने विभिन्न नियम लागू गरिएको छ।

नयाँ व्यवस्थाअनुसार व्यवसायीले राति १० बजे नै आफ्नो प्रतिष्ठानको प्रवेशद्वार बन्द गर्नुपर्नेछ। त्यस्तै, राति साढे १० बजेसम्म सबै ग्राहकलाई परिसरबाट बाहिर पठाइसक्नुपर्नेछ।

नियमको पालना भए–नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय समिति पनि गठन गरिएको छ। समितिमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायी संघका प्रतिनिधि रहनेछन्।

प्रशासनले व्यवसाय सञ्चालनका क्रममा ग्राहकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने सर्त राखेको छ। मादक पदार्थ सेवन गरेका ग्राहक आफैँ सवारी चलाएर फर्कनुपर्ने अवस्था आए उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेछ। त्यसो गर्न सम्भव नभए व्यवसाय सञ्चालकले नै घर वा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्नेछ।

त्यसैगरी, ध्वनि प्रदूषण नियन्त्रण, प्रवेशद्वार र आसपासको क्षेत्रमा कम्तीमा ३० दिनसम्मको दृश्य सुरक्षित रहने गरी सीसीटीभी जडान तथा पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्नेछ। कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, बैंकिङ प्रणालीबाट न्यूनतम पारिश्रमिक तथा सुविधा उपलब्ध गराउनुपर्ने र जोखिम बिमा गर्नुपर्ने व्यवस्था पनि समेटिएको छ।

रातिको समयमा काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित आवतजावतको व्यवस्था तथा रातिको खानाको प्रबन्ध गर्नुपर्ने सर्तसमेत प्रशासनले अघि सारेको छ।

मुख्यमन्त्री कार्कीको प्रश्न : राति आउने पर्यटकलाई के गर्ने ?

प्रशासनको निर्णयप्रति असहमति जनाउँदै मुख्यमन्त्री कार्कीले विराटनगरजस्तो प्रमुख सहरमा राति १० बजेपछि सबै व्यवसाय बन्द गराउने नीति उचित नहुने बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य भएकाले पर्यटक जुनसुकै समयमा आउन–जान सक्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने र विराटनगर विमानस्थलबाट समेत राति अबेरसम्म उडान तथा अवतरण हुने अवस्थामा सहरलाई राति १० बजे नै बन्द गराउनु व्यावहारिक नहुने उनले बताएका छन्।

भारतका सीमावर्ती सहरका विमानस्थलमा साँझ ओर्लिएका वा सडकमार्ग हुँदै यात्रा गरेका मानिस राति १० बजेपछि विराटनगर आइपुग्न सक्ने उल्लेख गर्दै उनले त्यस्ता यात्रुलाई कसरी सेवा दिने भन्ने प्रश्न उठाएका छन्।

साँझ ८ वा ९ बजे विमानस्थलमा अवतरण गरेर राति १० बजेपछि विराटनगर पुग्ने पर्यटकलाई सहरमा प्रवेश नगर्न भन्ने कि सवारीसाधनबाट समेत बाहिर निस्कन नदिने भन्ने उनको प्रश्न छ।

राज्य र स्थानीय प्रशासनले नागरिक तथा पर्यटकलाई दिनरात सेवा र सुरक्षा उपलब्ध गराउनुपर्ने कार्कीको भनाइ छ। प्रशासनले यस्ता निर्णय सार्वजनिक गर्नुअघि त्यसको प्रभावबारे गम्भीर रूपमा विचार गर्नुपर्ने उनले बताएका छन्।

उनले देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र व्यवसायीलाई असर पुग्ने निर्णयबाट बच्नुपर्नेमा जोड दिएका छन्। पाहुना तथा सर्वसाधारणको धनजनको सुरक्षा गर्नु राज्यको दायित्व भएकाले कुनै पनि बहानामा त्यसबाट पन्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको धारणा छ।

 

Previous Post

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक

Next Post

यामाहाले सुरक्षा कारण देखाउँदै कतार मोटोजीपी दौड छाेड्याे

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav