• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी
0
SHARES
0
VIEWS

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसको आधिकारिकताका लागि १८ करोडको डिल भएको बारेमा तत्काल छानबिन गर्न र भ्रमको खेती नगर्न कांग्रेसका नेताहरूले सरकारसँग माग गरेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रमा प्रश्न उठाउन पाउने अधिकार सुरक्षित भए पनि आधारहीन भ्रम फैलाउन भने नपाइने स्पष्ट पारेका छन् ।

‘कुनै तथ्य वा प्रमाणबिना फैलाइएका हल्लाका पछाडि दौडिनु हुँदैन, वास्तविकता बुझेर मात्र धारणा बनाउनुपर्छ,’ घिमिरेले बताए, ‘यदि कसैलाई यसमा आशंका छ भने राज्यका संयन्त्रमार्फत निष्पक्ष छानबिन गरे हुन्छ, यसका लागि कांग्रेसले आफैँ छानबिनको माग गरिरहेको छ।’

न्यायाधीशसँग ‘१८ करोडको डिल’ गरेको भनी लगाइएको आरोप पूर्णतः आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको घिमिरेको दाबी छ। पार्टीको साख र नेतृत्वको छवि धमिल्याउने उद्देश्यले फैलाइएका यस्ता निराधार हल्लाको पछाडि नलाग्न उनले आमजनता तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

सभापति गगन थापाको राजनीतिक प्रभाव र जनताको समर्थन बढ्दै गएको देखेर सरकार र सत्तारुढ दल तर्सिएको घिमिरेले दाबी गरेका छन् ।

सभापति थापाले संसद् र सार्वजनिक मञ्चबाट सरकारका असफलता, सुशासनका कमजोरी र डेलिभरीको अभावबारे आक्रामक प्रश्न उठाएको भोलिपल्टै नियोजित रूपमा यस्तो आरोप सिर्जना गरिएको घिमिरेको भनाइ छ।

सरकारले आफ्ना प्राथमिक दायित्वहरू बिर्सेर अनावश्यक विवाद र भ्रमको खेतीमा समय खेर फालिरहेको टिप्पणी गर्दै उनले बताए, ‘काम गर्न छाडेर, प्राथमिकता भुलेर सरकार अनावश्यक कुरामा अल्झिएको छ।’

 

Previous Post

कर्णालीमै पहिलोपटक देउती यातायातले भित्र्यायो उच्च प्रविधिका बीएस सिक्स बस

Next Post

बारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा छिमेकी घाइते, एकजना पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav