• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

थाना परिसरमै महिला प्रहरीबाट बलात्कारको आरोप, १२ प्रहरी निलम्बित

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
थाना परिसरमै महिला प्रहरीबाट बलात्कारको आरोप, १२ प्रहरी निलम्बित
0
SHARES
1
VIEWS

रौतहट, १७ कात्तिक । भारतको झारखण्ड राज्यस्थित सरायकेला प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ।

घटनापछि कर्तव्यप्रति गम्भीर लापरवाही, अनुशासनहीनता र जिम्मेवारी निर्वाहमा कमजोरी गरेको आरोपमा १२ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी अधीक्षक मनोज स्वर्गियारीले घटनाको पुष्टि गर्दै बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार यस प्रकरणमा कुल १५ जना नामजद अभियुक्त रहेका छन्।

प्रहरी अधीक्षक स्वर्गियारीका अनुसार १२ जना प्रहरी कर्मचारीलाई कर्तव्यप्रति घोर लापरवाही, शिथिलता तथा अनुशासनहीनताको आरोपमा निलम्बन गरिएको हो।

प्राप्त जानकारीअनुसार ती महिलाको आफ्ना पतिसँग कुनै विषयमा विवाद भएपछि उनी सहयोग माग्दै स्थानीय प्रहरी थानामा पुगेकी थिइन्।

तर, उनलाई राखिएको कोठामै प्रहरी थानाका वायरलेस अपरेटरले बलात्कार गरेको पीडित महिलाले आरोप लगाएकी छन्।

घटनाको निष्पक्ष अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको प्रहरी अधीक्षकले बताएका छन्।

उनका अनुसार एसआईटीले घटनाका सबै पक्षमा गहन अनुसन्धान गरिरहेको छ। अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि दोषी देखिने व्यक्तिमाथि थप कानुनी कारबाही गरिने उनले बताए।

महिलामाथि बलात्कार भएको पुष्टि मेडिकल परीक्षणबाट भएको हो कि होइन भन्ने प्रश्नमा प्रहरी अधीक्षक स्वर्गियारीले मेडिकल परीक्षण भइसके पनि त्यसको प्रतिवेदन प्राप्त हुन बाँकी रहेको बताए।

उनले मेडिकल रिपोर्टको प्रतीक्षा भइरहेको जानकारी दिए।

यस घटनाप्रति झारखण्ड विधानसभाका विपक्षी दलका नेता बाबुलाल मराण्डीले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाएका छन्।

उनले सरायकेलाको प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीबाट बलात्कार भएको आरोप अत्यन्तै लज्जास्पद र चिन्ताजनक भएको उल्लेख गरेका छन्।

मराण्डीले ‘जब रक्षक नै भक्षक बन्न थाल्छन् भने महिलाको सुरक्षाको आशा आखिर कसबाट गर्ने?’ भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन्।

घटनाबारे एसआईटीको अनुसन्धान र मेडिकल रिपोर्ट आउन बाँकी रहेकाले आरोपको अन्तिम पुष्टि हुन भने बाँकी छ।

Previous Post

बारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा छिमेकी घाइते, एकजना पक्राउ

Next Post

अदालतको फैसला कार्यान्वयनमा रौतहट प्रहरी सक्रिय, ३४ जना फरार प्रतिवादी पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav