सुत्केरी व्यथा लागेपछि बुढालाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो। अस्पतालमा उपचार भइरहेका बेला उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उच्चस्तरीय उपचार आवश्यक परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
मंगलबारसम्म पनि उनको अवस्था गम्भीर रहेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको हो।
