• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत
0
SHARES
0
VIEWS

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको पश्चिम खण्ड पोखरा–जामुनेमा हालसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्ड जामुने–मुग्लिनको निर्माण भने सम्पन्न भई निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको छ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक निर्माण सम्पन्न भएपछि अहिले त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भएको छ। सम्झौताअनुसार डीएलपी सकिएपछि पनि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार गर्ने जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ।

कुल ४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने बाँकी सडक चार लेनको बनाइएको छ। यस खण्डमा साना तथा ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्। तनहुँको मादी नदीमाथि बन्ने सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

करिब पाँच दशकअघि निर्माण भएको यस सडकको विस्तार तथा स्तरोन्नति २०७८ साल वैशाखदेखि सुरु भएको थियो। पूर्वी खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको थियो।

यता, पश्चिम खण्डको निर्माण पनि तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल करिब पाँच किलोमिटर सर्भिस लेनमा कालोपत्र गर्न बाँकी छ।

सडकमा रोड मार्किङ, ट्राफिक सङ्केत राख्ने तथा अन्य सडक सुरक्षा सम्बन्धी काम भइरहेका छन्। पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्मका साथै तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको कुँवरले जानकारी दिए।

कुल ३८.८८ किलोमिटर लामो पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने बाँकी भाग चार लेनको बनाइएको छ। सहरी क्षेत्र बढी भएकाले अधिकांश स्थानमा सडकको चौडाइ बढाइएको हो। तनहुँको दुलेगौँडा र खैरेनीटारमा समेत छ लेनको सडक निर्माण गरिएको छ।

यस खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटा सम्पन्न भइसकेका छन्। पोखरास्थित सेती नदीमाथिको सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

पश्चिम खण्ड निर्माणका लागि २०७८ साल जेठ २ गते सम्झौता भएको थियो भने सोही वर्ष भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको हो।

निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा पनि एक वर्षको डीएलपी अवधि लागू हुनेछ। त्यसपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने सम्झौतामा व्यवस्था रहेको इन्जिनियर कुँवरले बताए।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको ८१ किलोमिटर लामो पोखरा–मुग्लिन सडक गण्डकी प्रदेशको प्रमुख यातायात मार्गका रूपमा रहेको छ। सडक स्तरोन्नतिसँगै काठमाडौँ, चितवनलगायत क्षेत्रबाट पोखरा पुग्ने यात्रुको आवागमन सहज भएको छ।

निर्माणका क्रममा धुलो, हिलो र लामो समयको यातायात असहजता भोगेका स्थानीय तथा यात्रुले अहिले फराकिलो सडकबाट यात्रा गर्न पाएका छन्। सडक विस्तारका क्रममा अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायतका क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाएर चोक तथा सडक फराकिलो बनाइएको छ।

यस सडक आयोजनाले पोखराको पर्यटन, व्यापार तथा समग्र आर्थिक गतिविधिलाई थप गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Previous Post

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ सुनचाँदीको कारोबार

Next Post

 सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav