समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र सानो गोलभेँडाको ४० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, रातो आलु प्रतिकिलो ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ तोकिएको छ।
अन्य तरकारीमध्ये प्याज प्रतिकिलो ९० रुपैयाँ, स्थानीय गाजर १०० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ र तराईको काउली ३० रुपैयाँ रहेको छ।
त्यसैगरी, मूला प्रतिकिलो ४० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, बोडी ८० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ र तितो करेला ८० रुपैयाँ निर्धारण गरिएको छ।
लौका प्रतिकिलो ५० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौला ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, भिण्डी ९० रुपैयाँ तथा सखरखण्ड ९० रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
सागसब्जीतर्फ पालुङ्गो प्रतिकिलो १२० रुपैयाँ, चमसुर र मेथीको साग १५० रुपैयाँ, रायो तथा तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ र जुम्लाको स्याउ प्रतिकिलो ३५० रुपैयाँ, मुस्ताङको स्याउ २५० रुपैयाँ, केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती ३०० रुपैयाँ र अनार ३५० रुपैयाँ रहेको छ।
त्यस्तै, भारतीय सुन्तला प्रतिकिलो २०० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, तरबुजा ८० रुपैयाँ, किवी ३०० रुपैयाँ, ड्रागन फ्रुट ५०० रुपैयाँ र एभोकाडो ३०० रुपैयाँ तोकिएको छ।
मसला तथा अन्य कृषि उपजमा अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ र सुकेको नेपाली लसुन २६० रुपैयाँ रहेको समितिले जनाएको छ।
उल्लेखित मूल्य कालीमाटी बजारको थोक मूल्य हो। खुद्रा बजारमा भने स्थान र विक्रेताअनुसार मूल्य फरक हुन सक्छ।
