उनीसहित डोल्पामा केन्द्रीय छानबिन टोलीसमेत पुगेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिएका छन्।
‘कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन टोली गठन भएको थियो। उक्त टोली पनि आजै डोल्पा पुगेर आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ,’ उनले बताए, ‘कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ।’
शुक्रबार राति जबर्जस्ती करणी मुद्दाका पाँचजना र चोरी मुद्दाका तीनजना कैदीले सुरुङ खनेर फरार भएका थिए। फरार भएका कैदीमध्ये दुईजना आजै रुकुममा फेला परेका छन्। अझै ६ जना फेला पर्न सकेका छैनन्।
