• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएलमा इमरान शेखको अर्धशतक, लोकेश बमसँग विराटनगरको शतकीय साझेदारी

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
एनपीएलमा इमरान शेखको अर्धशतक, लोकेश बमसँग विराटनगरको शतकीय साझेदारी
0
SHARES
1
VIEWS
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका इमरान शेखले अर्धशतक पूरा गरेका छन्। उनले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदै व्यक्तिगत अर्धशतक पूरा गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि शेखले तेस्रो नम्बरमा ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।

खेलको सुरुवातमै ओपनर शान जयासूर्या टोलीको स्कोर २ रन हुँदा आउट भएपछि शेख क्रिजमा आएका थिए। त्यसपछि उनले अर्का ओपनर लोकेश बमसँग मिलेर उत्कृष्ट ब्याटिङ गर्दै शतकीय साझेदारी गरेका हुन्।

चालु संस्करणको एनपीएलमा यो पहिलो शतकीय साझेदारी हो। समग्र एनपीएल इतिहासमा भने यो १४औँ शतकीय साझेदारी बनेको छ। प्रतियोगिताको पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा छ पटक शतकीय साझेदारी भएको थियो।

विराटनगर किंग्सका खेलाडीले एनपीएलमा गरेको यो दोस्रो शतकीय साझेदारीसमेत हो। यसअघि दोस्रो संस्करणमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी विराटनगरको अहिलेसम्मकै उच्च साझेदारी हो।

यता, एनपीएल इतिहासकै सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ। उनीहरूले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

Previous Post

अमेरिकामा अभिनेत्री सरिता लामिछानेको आयोजनामा देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम

Next Post

सलमान र ऐश्वर्याका पुराना रोमान्टिक तस्बिर पोस्ट गर्दा भन्साली प्रोडक्सन्स ट्रोल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav