उनले बुधबारदेखि दूतावासमा कार्यभार सम्हाल्ने भएका छन्। उनी दक्षिण एसियाको राजनीतिमा विशेष दख्खल राख्ने भारतीय कूटनीतिज्ञ हुन्। यसअघिका राजदूत नवीन श्रीवास्तवको चार वर्षे कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नयाँ राजदूत नियुक्त गरेको हो।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणअघि नै राजदूत दलेलाले कार्यभार सम्हाल्न लागेका हुन्। मिश्री आगामी साता नेपाल भ्रमणमा आउने भएका छन्। उनी प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको तयारीका विषयमा छलफल गर्न नेपाल आउन लागेका हुन्।
