• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाथीभरामा दर्शनार्थीको कीर्तिमानी भीड, एकैदिन १० हजारभन्दा बढीले गरे दर्शन

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
पाथीभरामा दर्शनार्थीको कीर्तिमानी भीड, एकैदिन १० हजारभन्दा बढीले गरे दर्शन
0
SHARES
0
VIEWS

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा दर्शनार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। यस वर्ष कात्तिक तेस्रो सातामा मन्दिर दर्शन गर्ने भक्तजनको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार एकैदिन १० हजार ६१६ जनाले मन्दिरमा दर्शन गरेका छन्। यो चालु वर्षकै एक दिनमा दर्शन गर्ने सबैभन्दा ठूलो सङ्ख्या हो।

केही दिनअघिसम्म दर्शनार्थीको उपस्थिति न्यून रहेको पाथीभरा क्षेत्रमा मौसम अनुकूल भएसँगै भक्तजनको चाप बढेको हो। समितिको तथ्याङ्कअनुसार आइतबार ६४० र सोमबार ३ हजार ५९० जनाले मन्दिर दर्शन गरेका थिए। नवरात्र सुरु हुँदा ज्योतिषीय मान्यता तथा वर्षाको सम्भावनाका कारण भक्तजनको आवागमन कम भए पनि मौसममा सुधार आएपछि दर्शनार्थीको सङ्ख्या तीव्र रूपमा बढेको हो।

पाथीभरा पुग्ने अधिकांश भक्तजनले रातिको समयमा पदयात्रा सुरु गर्ने गरेका छन्। टाढाबाट आउने दर्शनार्थीहरू प्रायः पहिलो दिन काफ्लेपाटी वा ठूलोफेदीमा बास बसेर भोलिपल्ट बिहान मन्दिरतर्फ लाग्छन्। कतिपयले राति १ देखि २ बजेको बीचमा यात्रा सुरु गर्छन् भने केही भक्तजन रातभर हिँडेर बिहानै मन्दिर पुग्ने गरेका छन्।

तल्लोफेदीसम्म सवारीसाधनमा पुगेपछि सुरु हुने पदयात्रामा ठूलोफेदी पुग्न करिब एक घण्टा लाग्छ। त्यसपछि कान्छीथान हुँदै मन्दिरसम्म पुग्न थप दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्छ। समुद्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराको पदमार्ग उकालो र कठिन छ। चिसो मौसम तथा भौगोलिक कठिनाइका बाबजुद धार्मिक आस्था र मनोकामना पूरा हुने विश्वासले भक्तजनलाई यात्रा गर्न प्रेरित गरिरहेको छ।

तेह्रथुमबाट पाथीभरा दर्शनका लागि पुगेका डिकेन कार्कीले पनि राति २ बजेदेखि पदयात्रा सुरु गरेका थिए। लामो समयदेखिको दर्शन गर्ने चाहना पूरा गर्न कठिन बाटो पार गरेको बताउँदै उनले देवीप्रतिको विश्वासले यात्रामा उत्साह थपेको उल्लेख गरे।

उनले आफू राति २ बजेदेखि हिँडेर दर्शनका लागि आएको र देवीप्रतिको आस्थाका कारण मनमा चिताएको कुरा पूरा हुने आशा रहेको बताए।

मन्दिरका पुजारीका अनुसार नवरात्रको समयमा राति १ बजेदेखि दिउँसो २ बजेसम्म दर्शनार्थीको चाप बढी हुने गरेको छ। यात्रालाई सहज बनाउन पदमार्गका विभिन्न स्थानमा विश्रामस्थल र बासको व्यवस्था गरिएको छ। त्यस्तै, उकालो बाटो हिँड्न कठिन हुने ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकासहित आउने परिवारलाई सहयोग पुर्‍याउन भरियाहरू पनि परिचालन गरिएका छन्। उनीहरूले यात्रुका सामान बोक्नुका साथै आवश्यक सहयोग गर्दै आएका छन्।

दर्शनार्थीको सङ्ख्या बढेसँगै पाथीभरा आसपासका होटल तथा आवासस्थलमा पनि चाप बढेको छ। फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी, तल्लोफेदी र माथिल्लोफेदीका होटलहरूमा पाहुनाको सङ्ख्या बढेको छ। एकैदिन हजारौँ भक्तजन पुग्न थालेपछि होटल सञ्चालक तथा यातायात व्यवसायीलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ।

भक्तजनको बढ्दो आवागमनले मेची राजमार्ग र तमोर करिडोरमा समेत सवारीसाधनको चाप बढाएको ताप्लेजुङका पत्रकार कृष्ष फुरुम्बोले जानकारी दिए।

स्थानीय विक्रम लिम्बूका अनुसार भाकल पूरा हुने र मनोकामना सिद्ध हुने धार्मिक विश्वासका कारण पाथीभरा आउने भक्तजनको सङ्ख्या वर्षेनि बढिरहेको छ। नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन्। धार्मिक महत्त्वसँगै यहाँको प्राकृतिक सुन्दरता र हिमाली भूगोलले पनि पर्यटकलाई आकर्षित गरेको उनले बताए।

पाथीभरा यात्राका क्रममा कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न पाइने भएकाले पनि यस क्षेत्रको आकर्षण बढ्दै गएको छ। धार्मिक यात्रासँगै प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहनेहरूका लागि पाथीभरा महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ। नवरात्रबाहेक अन्य चाडपर्व, सार्वजनिक बिदा र मौसम अनुकूल भएका समयमा पनि यहाँ दर्शनार्थीको उपस्थिति रहने गरेको छ।

पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र नभई पूर्वी नेपालको पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोडिएको प्रमुख गन्तव्यसमेत हो। भक्तजनको चहलपहलले होटल, पसल, यातायात र अन्य स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ।

यद्यपि, दर्शनार्थीको सङ्ख्या बढ्दै जाँदा पदमार्गको सुधार, विश्रामस्थलको विस्तार, सरसफाइ, स्वास्थ्य सेवा र यात्रु सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। बढ्दो धार्मिक तथा पर्यटकीय गतिविधिलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार र सेवासुविधाको विकास गर्न सके पाथीभरा क्षेत्रको महत्त्व अझ विस्तार हुने अपेक्षा गरिएको छ।

Previous Post

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड फायर, मध्यरातमा गाउँ त्रसित

Next Post

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav