• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारमा मिठाई किन्दै हुनुहुन्छ ? अब नाम, मूल्यदेखि प्रयोग भएको घिउ र तेलसम्म खुलाउनुपर्ने

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
तिहारमा मिठाई किन्दै हुनुहुन्छ ? अब नाम, मूल्यदेखि प्रयोग भएको घिउ र तेलसम्म खुलाउनुपर्ने
0
SHARES
0
VIEWS

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा मिठाईको कारोबार बढेको छ। तर, मिठाईको बढ्दो मागसँगै मिसावट, अखाद्य पदार्थको प्रयोग र अस्वस्थकर उत्पादनको जोखिम पनि बढ्ने भएकाले सरकारले बजार अनुगमनलाई कडाइ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस वर्षदेखि मिठाई उत्पादक तथा विक्रेताका लागि नयाँ मापदण्ड लागू गर्दै उपभोक्ताले खरिद गर्ने मिठाईबारे आवश्यक विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।

नयाँ नियमअनुसार अब मिठाई पसल तथा होटलहरूले बिक्रीका लागि राखेका मिठाईको नाम, प्रयोग भएका कच्चापदार्थ, तयार पार्न प्रयोग गरिएको तेल वा घिउ, उपभोग गर्न मिल्ने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा देखिने गरी राख्नुपर्नेछ।

विगतका वर्षमा चाडपर्वको समयमा मिठाईमा अखाद्य वस्तु मिसाउने, बिग्रेको तेल प्रयोग गर्ने र सरसफाइमा लापरबाही गर्ने समस्या देखिँदै आएको थियो। यही अवस्थालाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र उपभोक्ता संरक्षण ऐनअनुसार नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

यसअघि गत वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज २४ देखि कात्तिक १ गतेसम्म काठमाडौं उपत्यकाका ५३ वटा चर्चित तथा ठूला मिठाई पसलमा अनुगमन गरेको थियो। त्यसक्रममा अधिकांश पसलका मिठाई उत्पादन तथा बिक्री प्रक्रियामा विभिन्न कैफियत भेटिएका थिए।

अनुगमनका क्रममा एउटै तेल पटक–पटक प्रयोग गर्ने, औद्योगिक प्रयोजनका रङ अत्यधिक मात्रामा मिसाउने तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको थियो। कतिपय पसलमा फोहोर र दुर्गन्धित वातावरणमा मिठाई तयार पारिएको तथा बिक्रीका लागि राखिएका परिकारमा झिँगा र साङ्लासमेत भेटिएका थिए।

यस्ता समस्या दोहोरिन नदिन विभागले कात्तिक ११ गतेदेखि लागू हुने गरी नयाँ निर्देशन जारी गरेको हो।

मिठाई पसलले अनिवार्य खुलाउनुपर्ने पाँच विवरण

नयाँ मापदण्डअनुसार अब उपभोक्ताले मिठाई खरिद गर्नुअघि त्यसको गुणस्तर र उत्पादन प्रक्रियाबारे आवश्यक जानकारी पसलमै पाउनुपर्नेछ।

व्यवसायीले बिक्रीमा राखेका मिठाईको विवरणमा मुख्य पाँच कुरा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

  • मिठाईको नाम: बिक्रीका लागि राखिएको परिकारको स्पष्ट नाम लेख्नुपर्नेछ।

  • प्रयोग भएका कच्चापदार्थ: दूध, खुवा, चिनी, बेसन तथा ड्राइफ्रुटलगायत सामग्रीको विवरण खुलाउनुपर्नेछ।

  • प्रयोग गरिएको तेल वा घिउ: भटमास, सनफ्लावरलगायत कुन प्रकारको तेल वा घिउ प्रयोग गरिएको हो भन्ने जानकारी दिनुपर्नेछ।

  • उपभोग्य अवधि: मिठाई कहिलेसम्म खान योग्य हुन्छ भन्ने मिति स्पष्ट राख्नुपर्नेछ।

  • मूल्य: प्रतिकिलो मूल्य उपभोक्ताले सजिलै देख्ने गरी उल्लेख गर्नुपर्नेछ।

यी विवरण शोकेस वा काउन्टरमा उपभोक्ताले देख्न सक्ने स्थानमा राख्नुपर्ने व्यवस्था छ। मिठाई बनाउन प्रयोग गरिएका कच्चापदार्थसमेत शोकेसमै देखिने गरी राख्नुपर्ने विभागको निर्देशन छ।

निर्देशन कार्यान्वयन भए–नभएको जाँच गर्न विभागको अनुगमन टोलीले जुनसुकै बेला मिठाईको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्न सक्नेछ। परीक्षणका क्रममा उल्लेख गरिएका सामग्री प्रयोग नभएको, अखाद्य रङ मिसाइएको वा गुणस्तरहीन तेल तथा घिउ प्रयोग भएको पाइए कानुनअनुसार कारबाही गरिनेछ। गम्भीर उल्लङ्घन गर्ने व्यवसायीको अनुमतिपत्र खारेज गर्नेसम्मको कारबाही हुन सक्ने विभागले जनाएको छ।

देशभर ४९७ मिठाई पसलमा अनुगमन

नयाँ मापदण्ड लागू भएसँगै विभागले देशभर मिठाई पसलको अनुगमनलाई तीव्र बनाएको छ। विभागको पछिल्लो विवरणअनुसार हालसम्म ४९७ वटा मिठाई पसलमा विशेष अनुगमन गरिएको छ।

अनुगमनका क्रममा ४३३ वटा पसललाई आवश्यक निर्देशन दिँदै सचेत गराइएको छ। तीमध्ये २२२ वटा पसलले नयाँ व्यवस्थाअनुसार आवश्यक विवरण खुलाएर लेबल राखिसकेका छन्। अन्य व्यवसायीलाई पनि मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।

प्रदेशगत रूपमा निर्देशनपत्र जारी गरिएका पसलको सङ्ख्या यसप्रकार छ :

  • कोशी प्रदेश : ८४ वटा

  • मधेस प्रदेश : ५६ वटा

  • बागमती प्रदेश : ५३ वटा

  • लुम्बिनी प्रदेश : १७५ वटा

  • गण्डकी प्रदेश : २६ वटा

  • कर्णाली प्रदेश : २४ वटा

  • सुदूरपश्चिम प्रदेश : १५ वटा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार देशभरका ३० वटा कार्यालयमार्फत खाद्य निरीक्षक परिचालन गरी अनुगमन भइरहेको छ। यसका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँग समेत समन्वय गरिएको छ।

महानिर्देशक कर्णले तिहारमा मिठाईको खपत बढी हुने भएकाले उपभोक्ता ठगिन नदिन कात्तिक ११ गतेदेखि नयाँ व्यवस्था लागू गरिएको बताए।

उनका अनुसार व्यवसायीले बिक्रीका लागि राखेका मिठाईको नाम, प्रयोग भएका सामग्री, घिउ वा तेलको प्रकार, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले खुला रूपमा बिक्री हुने मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि उल्लेख गर्ने विषयमा व्यवसायीलाई केही समय दिएको थियो। अब भने उक्त व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको महानिर्देशक कर्णले बताए।

उनले नियम पालना नगर्ने पसलको विवरण संकलन गरी खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा चलाउने तथा तत्काल जरिबाना गर्ने प्रक्रिया सुरु गरिने जानकारी दिए।

विभागको चाडपर्व लक्षित समग्र बजार अनुगमनअन्तर्गत असोज १५ देखि ३१ गतेसम्म खाद्यवस्तु, दाना तथा होटललगायत १ हजार ७५१ स्थानमा निरीक्षण गरिएको थियो। नियमविपरीत कारोबार गर्ने व्यवसायीबाट उक्त अवधिमा १० लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिबाना असुल गरिएको विभागले जनाएको छ।

‘पूजा गर्ने घिउ’ भन्दै अखाद्य बोसो बिक्रीमा पनि निगरानी

तिहारमा मिठाईका अतिरिक्त पूजाआजा र दीप प्रज्वलनका लागि घिउको माग पनि बढ्ने गर्छ। यही मौकामा बजारमा वास्तविक घिउको सट्टा अखाद्य चिल्लो पदार्थलाई ‘पूजा गर्ने घिउ’ भन्दै बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ।

महानिर्देशक कर्णका अनुसार विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा घिउका नाममा बोसोयुक्त अखाद्य पदार्थ बिक्री भइरहेको भेटिएको थियो। त्यस्ता सामग्री नियन्त्रणमा लिएर जफत गर्ने, फिर्ता गर्ने तथा नष्ट गर्ने काम भइरहेको उनले जानकारी दिए।

मिठाई किन्दा उपभोक्ता आफैँ पनि सचेत बन्नुपर्ने

सरकारले अनुगमन र कारबाहीलाई तीव्र बनाए पनि बजारमा खाद्य स्वच्छता कायम गर्न उपभोक्ताको सचेतना पनि उत्तिकै आवश्यक छ।

मिठाई खरिद गर्दा त्यसमा प्रयोग भएको तेल वा घिउ, मिसाइएका कच्चापदार्थ, मूल्य र उपभोग्य मितिबारे जानकारी लिनुपर्छ। पसलमा आवश्यक विवरण स्पष्ट रूपमा राखिएको छैन भने त्यस्ता मिठाई खरिद नगर्नु उपयुक्त हुन्छ।

व्यवसायीले सरकारी मापदण्ड पालना नगरेको वा अखाद्य वस्तु बिक्री गरेको पाइएमा सम्बन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नजिकको प्रहरी कार्यालय वा प्रशासनमा जानकारी गराउन सकिन्छ।

तिहार उज्यालो र खुसीको पर्व भएकाले यसको उत्सवसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिन आवश्यक छ। मिठाईको स्वाद लिँदा गुणस्तर र स्वच्छतामा ध्यान दिन सके चाडपर्वलाई सुरक्षित र उल्लासमय बनाउन सकिन्छ।

Previous Post

मृत्युभोजको कुप्रथाविरुद्ध भारतीय गाउँलेको सामूहिक संकल्प, अब भोज नगर्ने र नखाने प्रतिबद्धता

Next Post

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का खाएपछि रिसाए ट्रम्प

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav