प्रहरीका अनुसार सोही ठाउँका ३० वर्षीय बले थापाले भबिराममाथि कोदालो प्रहार गरेका थिए। उनीहरू जेठोबुबा र काकाका छोराको नाता पर्ने बताइएको छ।
मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित सडकमा घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
घटनाको सूचना पाएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग गरिएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ।
घटनापछि आरोपित बले थापा फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए।
